Tag: सेवा र विकासका लागि युवा

नमोवुद्ध गुम्वाका ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे । सेवा र विकासका लागि युवाले काभ्रे नवबुद्वका ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्काे समन्वयमा बुधबार काभ्रेको नवबुद्वस्थित गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई एक एक सेट झाेला, कपि, कलम, ज्यामिति बक्स, नेपाली अङ्ग्रेजी बाेलिचाली पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेकाे हाे । उक्त शैक्षिक सामग्री सेवा र विकासका लागि युवाका संरक्षक […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा गुल्मीको रिडीमा शैक्षिक सामग्री वितरण

गुल्मी, २०७८ असार १ । सेवा र विकासका लागि युवाद्वारा गुल्मी जिल्लाको रिडीस्थित श्री रुरु संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्ययनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमै एक विशेष समारोहबीच वितरण सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सेवा र विकासका […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीमा शैक्षिक सामग्री वितरण

अर्घाखाँची  – असार १ ।  सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको भूमिकास्थानस्थित श्री भगवती माध्यमिक विद्यालयमा र अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। त्यसैगरी  श्री जनज्योति माद्यामिक विद्यालय ,श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालय, श्री समाज कल्याण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थी परिषद् र विद्यालय […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा अलग अलग ठाउँको ६ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण

गैडाकोट, नवलपुर । सेवा र विकासका लागि युवाद्वारा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे समन्वयमा गैडाकोट नगरपालिका वडा नं. १० मा अवस्थित पाँचवटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। साथै सुर्खेतको बराहताल गाउँपालिका वडा न ८ स्थित कुम्भीकोटको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सशक्तिकरण र विद्यार्थीमा अध्ययनप्रति अभिरुचि […]

पूरा पढ्नुहोस्

कोहलपुरमा सेवा विकासका लागि युवाद्वारा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कोहलपुर, जेष्ठ २५ । सेवा र विकासका लागि युवाको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आईतबार सम्पन्न उक्त कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नं. १३ का अध्यक्ष, डम्बर बहादुर खड्का, कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, अशोक […]

पूरा पढ्नुहोस्

सुर्खेतमा दुई छात्रा र पाेखरका विद्यार्थीलाई छात्रवृत्ति वितरण

सुर्खेत, वीरेन्द्रनगर ।  सेवा र विकासका लागि युवा, ओरेगन नेपाली समाज अमेरिका तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त पहलमा सुर्खेतको वीरेन्द्रनगरस्थित श्री जन नमुना माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। कक्षा ९ मा अध्ययनरत रेस्मिका रावत र चन्द्रा जैसीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । त्यस्तै कास्की जिल्ला पोखरा लामाचौरमा रहेको श्री इन्द्रराज्य लक्ष्मी […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा देशभर छात्रवृत्ति वितरण

पाेखरा, जेठ १३ । ‘सेवा र विकासका लागि युवा’ संस्थाले ओरेगन नेपाली समाज, अमेरिका‌को आर्थिक सहयोगमा देशभर गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरिरहेको छ। संस्थाले हालै कास्की जिल्लाको पोखरास्थित श्री सितलादेवी सामुदायिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सम्राट बराललाई एक सय अमेरिकी डलर बराबरको छात्रवृत्ति प्रदान गरेको छ। संस्थाका […]

पूरा पढ्नुहोस्

ओरेगन समाजको आर्थिक सहयोगमा नेपालका दुर्गम विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति वितरण

काठमाडौं । सेवा र विकासका लागि युवाको समन्वयनमा, अमेरिकास्थित ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा पोखरा कास्कीस्थित श्री नव प्रभात माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रा निखत खातुनलाई छात्रवृत्ति वितरण गरिएको छ। कार्यक्रममा सेवा र विकासका लागि युवाका केन्द्रिय कार्यक्रम संयोजक प्रकाश कुमार शर्मा, कास्की जिल्ला संयोजक भुपेन्द्र महरा, प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सचिव […]

पूरा पढ्नुहोस्

चितवनको माडीमा कक्षा ८ का छात्रलाई छात्रवृत्ति वितरण

चितवन । चितवन जिल्लाको माडी नगरपालिकामा अवस्थित श्री बाल कल्याण आधारभूत विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र शुसाङ्क सुवेदीलाई छात्रवृत्ति प्रदान गरिएको छ। ‘सेवा र विकासका लागि युवा’ नामक संस्थाको समन्वय र अमेरिकास्थित ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा उक्त छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष सापकोटाले विद्यार्थीहरूलाई देशका गहना र भविष्यका कर्णधारको रूपमा […]

पूरा पढ्नुहोस्

नवलपुरकाे जनक मा.विका दुई विद्यार्थीलाई सेवाद्वारा छात्रवृत्ति वितरण

  काठमाडौं । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा नवलपुर गैडाकोटमा रहेको श्री जनक नमुना माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । जनक नमुनाकाे कक्षा ९ मा अध्ययनरत छात्रा स्मृति राउत थारु र करिना बिश्वकर्मालाई छात्रवृत्ति वितरण गरेको सेवाले जनाएको छ। कार्यक्रममा बोल्दै सेवा र विकासका लागि […]

पूरा पढ्नुहोस्