स्थानीय समाचार
ओखलढुंगामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला तहमा प्रहरीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न
ओखलढुंगा । जिल्लामा सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला तहमा जिल्ला प्रहरीहरू र इलाका प्रहरीका इन्चार्जहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाै २४ गते विहिवार सिद्विचरण नगरपालिकाकाे आयाेजनामा प्रशासन सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी , इलाका प्रहरीका इन्चार्ज स्थानीय तहका प्रतिनिधि नगर प्रमुख तेजन […]
पूरा पढ्नुहोस्
रामेछापमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
रामेछाप, भदौ ७ । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर २ र ३ का विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शुक्रवार आयोजित कार्यक्रममा प्रमुख अतिथि खाँडादेवी गाउँपालिका उपप्रमुख रमा घिसिङ, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय महासचिव दिनेश कार्की, वडा नम्बर २ का वडा अध्यक्ष केशव कुमार प्रधान, वडा नम्बर ३ का वडा […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा सुरु
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ घुम्तीस्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा औपचारिक रूपमा सुरु गरिएको छ। श्रावण ४ गते आइतवार नगर प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरेका हुन् । प्रत्येक मंगलवार दिउँसो ११ बजेदेखि १ बजेसम्म नियमित रूपमा सेवा सञ्चालन हुनेछ। सेवाको सञ्चालनका लागि नगरपालिकाले आवश्यक उपकरणहरू खरिद […]
पूरा पढ्नुहोस्
आपचौर भजन समूहलाई सेवा र विकासद्वारा सम्मान तथा पाेशाक वितरण
गुल्मी – सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विगत २१ वर्षदेखि सक्रिय आपचौर भजन समूहलाई हरीस्यनी एकादशीको विशेष अवसर पारेर सम्मान तथा पोशाक वितरण गरिएको छ। कार्यक्रममा समूहका सबै सदस्यहरूलाई आवश्यक केही थान पोशाक वितरण गरिनुको साथै, उनीहरूलाई औपचारिक सम्मानसमेत प्रदान गरिएको हो। सेवा र विकासका लागि युवाको समन्वयमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष पारस खरेलको अध्यक्षतामा […]
पूरा पढ्नुहोस्
खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा
हुम्ला । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् । पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका […]
पूरा पढ्नुहोस्
एमाले निजगढको अध्यक्षमा तिलक घलान निर्वाचित
सिमरा: नेकपा एमाले निजगढ नगर कमिटीको अध्यक्षमा तिलक घलान निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनबाट घलान ८४ मतको मतान्तरले निर्वाचित भएका हुन् । घलानले एक सय ७९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार जयराम कुमरले ९५ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा सम्झना थापा लामिछाने निर्वाचित भएकी छिन् । लामिछानेले एक […]
पूरा पढ्नुहोस्
उपत्यका विकाश प्राधिकरणबिरुद्ध धर्नामा बसे बुढानिलकण्ठका मेयर र नेताहरू
काठमाडौं, वैशाख २२ । बुढानिलकण्ठ नगरपालिकाले सोमबार काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएको छ। नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा आयोजित उक्त धर्ना विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानिलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएको भन्दै गरिएको हो। विरोध कार्यक्रममा विशेष गरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम […]
पूरा पढ्नुहोस्
तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गरेका हुन्। छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् ।
पूरा पढ्नुहोस्
गोकर्णेश्वर स्थानीय पाठ्यक्रममा आधारित स्थलगत अवलोकन गराउने देशकै पहिलो नगरपालिका
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले स्थलगत अवलोकन कार्यक्रम शुभारम्भ गर्ने गोकर्णेश्वर नगरपालिका देशमै पहिलो नगरपालिका भएको बताउनु भएको छ । शुक्रवार कार्यक्रमको शुभारम्भ गर्नु हुँदै नगर प्रमुख दिपक रिसालले स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने देशमै पहिलो नगरपालिका बने जस्तै गोकर्णेश्वर नगरपालिका स्थलगत अवलोकन कार्यक्रम लागू गर्ने पनि नेपालकै पहिलो नगरपालिका भएको दावि […]
पूरा पढ्नुहोस्
उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै
स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ। कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाएका छन्। उनी प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ६५९ मतले अगाडि छन्। सोमबार साँझको ताजा मतपरिणाम अनुसार डंगोलले ३३८५ मत ल्याएका छन्। कीर्तिपुरमा १ देखि ६ वटा वडाको मतगणना गर्दा उनले उक्त मत प्राप्त गरेका हुन्। अहिले […]
पूरा पढ्नुहोस्







