प्राविधिक शिक्षा

नेपाल इन्जिनियरिङ कलेजमा सामुदायिक विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर

काठमाडौँ, साउन २३। नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२÷८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको हो । यसका साथै कलेजले मुलुकका सातै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति […]

पूरा पढ्नुहोस्

ओपन एआईले ल्याउँदैछ आफ्नै एआई ब्राउजर

च्याट जिपिटी निर्माता कम्पनी ओपन एआई एउटा भव्य तयारीमा लागिरहेको छ । समाचार अनुसार ओपन एआईले आगामी केही हप्ता भित्रैमा एआई ब्राउजर लञ्च गर्ने योजना बनाएको छ । उक्त एआई वेब ब्राउजरको उद्देश्य प्रयोगकर्तालाई ब्राउजरभित्रै सबै जानकारी उपलबध गराउनु हो । ओपन एआईको उक्त ब्राउजर गुगल क्रोमका लागि ठूलो चुनौती बन्न सक्ने आँकलन गरिएको छ […]

पूरा पढ्नुहोस्

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

जापान । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया–प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रिस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताए […]

पूरा पढ्नुहोस्

सुर्तीजन्य पदार्थ नियन्त्रणमा पुर्‍याएको योगदानका लागि नेपाललाई स्विट्जरल्यान्डमा अवार्ड

काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रणमा पुर्‍याएको योगदानका लागि नेपालले स्विट्जरल्यान्डमा अवार्ड प्राप्त गरेको छ। विश्व स्वास्थ्य संगठनको ७८औँ सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई महानिर्देशकको विशेष सम्मान अवार्ड प्रदान गरेका हुन्। मन्त्रालयले हालै क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको बाहिरी भागमा शतप्रतिशत चेतावनी छाप्नुपर्ने प्रावधानसहितको सूर्तीजन्य पदार्थको बट्टा, […]

पूरा पढ्नुहोस्

अनेरास्ववियुसहित पाँच सङ्गठनलाई हराउँदै टीकापुर क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

टीकापुर बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ पूरै प्यानल विजयी भएको छ। नेविसंघका तर्फबाट अध्यक्ष पदका उम्मेदवार किरण साउँदले ६५२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रहेका दिवाशिष जङ्ग थापाले ४२ मत पाए । सचिव पदमा पनि नेविसंघकै […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा छात्रवृत्तिको लागि आवेदन माग

चौत, काठमाडौ । बुढानिलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा छात्रवृत्तिको लागी आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रमका लागि आवेदन माग गरिएको हो । कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधा सहित अध्यापन […]

पूरा पढ्नुहोस्

एक विषय मौका परीक्षाका लागि आवेदन फाराम खुला

फागुन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ । परिषद् अन्तर्गत सञ्चालित वार्षिक परीक्षा प्रणाली तर्फ डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण कार्यक्रमहरूको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम समेतका लागि परीक्षा आवेदन खुला गरेको हो । २०८१ फागुन १६ गतेसम्म प्रथम […]

पूरा पढ्नुहोस्

बीचमै पढाइ छोडेका विद्यार्थीलाई पुन: पढ्ने मौका दिँदै सीटीईभीटी, यस्तो छ प्रक्रिया

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌ (सीटीईभीटी)ले डिप्लोमा र प्रमाणपत्र तहका विद्यार्थीहरूलाई पुनः पढाइका लागि अवसर दिने भएको छ । शुक्रवार एक सूचनामार्फत सीटीईभीटीले रोकिएको पढाइ पूरा गर्ने तथा शैक्षिक संस्था परिवर्तन गर्न चाहने विद्यार्थीका लागि निवेदन दिन आग्रह गरेको हो । सूचना अनुसार आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त शिक्षालयहरूमा डिप्लोमा तथा […]

पूरा पढ्नुहोस्

अनुसन्धानका लागि एमयु र आइआइटी इन्दोरबीच सहकार्य

काठमाडौं, १९ भदौं-प्राध्यापक तथा विद्यार्थी आदानप्रदान गर्ने उदेश्यले मध्यपश्चिम विश्वविद्यालय, नेपाल र भारतको मध्यप्रदेशमा अवस्थित आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा अध्ययन संस्थान सानेपाको बैठक हलमा आयोजित एक कार्यक्रममा दुई संस्थाका प्रमुखबिच समझदारी पत्र आदान प्रदान भएको थियो । उक्त समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव […]

पूरा पढ्नुहोस्

सीटीईभीटीले ताेकेकाे शुल्क भन्दा बढी लिने प्राविधिक शिक्षालयलाई कारबाही गरिने

काठमाडाैँ- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तोकिएकोभन्दा बढी शुल्क लिने प्राविधिक शिक्षालयलाई कारबाहीको चेतावनी दिएको छ। प्रमाणपत्र, डिप्लोमा तथा प्रि-डिप्लोमा तहका कार्यक्रमहरूका सन्दर्भमा यस्तो चेतावनी दिइएको हो। परिषद् अन्तर्गत गैरनाफामूलक प्रतिष्ठानहरूलाई परिषद् कार्यालयसँग भएको सम्झौताअनुसार शुल्क लिन सीटीईभीटीले भनेको छ। उक्त सम्झौतामा संस्थागत शिक्षालयहरूले तोकिएको शुल्कको ७० प्रतिशतमा ननाघ्नेगरी कायम गर्नुपर्ने उल्लेख छ। तोकिएकोभन्दा […]

पूरा पढ्नुहोस्