विश्व

file photo

इन्धन बचत गर्न श्रीलंकाले दियो सार्वजनिक बिदा, अरु एसियाली देशले के गरेका छन् ?

काठमाडौं । श्रीलंकाले इन्धन बचत गर्न सार्वजनिक संस्थानहरूमा हरेक बुधबार बिदा दिने घोषणा गरेको छ । अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण इन्धन अभावको संकेत पाएपछि श्रीलंकाले सार्वजनिक बिदा दिएर किफायती उपाय अपनाएको हो । राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा आगामी दिनमा खराब अवस्था आउनसक्ने भन्दै त्यसको तयारीका लागि बिदा […]

पूरा पढ्नुहोस्

आरएसएसको शताब्दी यात्रा, विश्वमा वशुधैव कुटुम्वकमको विचार बलियो वन्दै

काठमाडौँ । नारायण प्रसाद ढकाल , भारतको सांस्कृतिक, धार्मिक र सामाजिक चेतनामा विगत सय वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय स्वयंसेवक सघं (RSS) आज आफ्नो शताब्दी वर्षमा प्रवेश गरेको छ । सेवा, समर्पण र संगठनलाई मूल मन्त्र मानेर अनुशासनका साथ सुरु भएको यो सघंले अनेकौँ उतारचढाव पार गर्दै शताब्दीको ऐतिहासिक यात्रा सम्पन्न गरेको छ […]

पूरा पढ्नुहोस्

जम्मू कश्मीरमा बादल फुट्यो, ठुलो क्षतिको अनुमान

काठमाडौं : जम्मू कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा बादल फुटेको खबर आएको छ। समाचार एजेन्सी एएनआईका अनुसार उक्त स्थानमा अचानक बाढीको आएको हो। एजेन्सीले किश्तवारका उपायुक्त पंकज शर्माले यो ठाउँ मचैल माता यात्राको सुरुवात बिन्दु रहेको जानकारी दिए। जम्मू कश्मीरका उपराज्यपालको कार्यालयले ट्विटरमा लेखेको छ, ‘किश्तवाडको चाशोतीमा भएको बादल फुटेको घटनाबाट म दुःखी छु। शोकसन्तप्त परिवारप्रति समवेदना […]

पूरा पढ्नुहोस्

भारतको उत्तरकाशीमा ‘आरीघोप्टे वर्षा’ पछि बाढी, कम्तीमा ४ जनाको ज्यान गयो

भारतको उत्तराखण्डको उत्तरकाशीमा ‘क्लाउट बर्स्ट’ अर्थात् आरीघोप्टे वर्षापछि आएको बाढीमा परी कम्तीमा चार जनाको ज्यान गएको छ । यस्तै बाढीमा परी ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएका र कैयौं मानिस माटो तथा भग्नावशेषमा पुरिएको अधिकारीहरूले आशङ्का गरेका छन् । ठूलो वर्षापछि खीरगङ्गा नदीमा आएको बाढीले धराली गाउँमा ठूलो क्षति भएको बीबीसी हिन्दीले जनाएको छ । बाढीका कारण धराली बजारका […]

पूरा पढ्नुहोस्

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संवैधानिक अदालतले छानबिन सुरु गरेको छ। ३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको गोप्य फोन वार्ताले उनको पद नै संकटमा पारेको छ। ३६ जना सांसदहरूले दिएको निवेदनपछि संवैधानिक अदालतले […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ। स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरसबीच सेभियामा भेटवार्ता भएको हो। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका छन्।  त्यस्तै प्रधानमन्त्री ओलीले आजै विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनसमेत गरेका […]

पूरा पढ्नुहोस्

एयर इन्डिया जहाज दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन

काठमाडौँ । एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् । रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए । भारतीय जनता पार्टी(भाजपा) का वरिष्ठ नेता सुनील […]

पूरा पढ्नुहोस्

ट्रम्पले अस्ट्रेलियालाई दिँदैछन् यस्तो दबाव, चर्चित ‘ओकस’ सम्झौता अमेरिकाले अब समीक्षा गर्ने

अस्ट्रेलिया र यूकेसँग गरेको अर्बौँ डलरको पनडुब्बी सम्झौतालाई ‘अमेरिका पहिले’ भन्ने अजेन्डा अनुकूल भए नभएको हेर्ने भन्दै वाशिङ्टनले समीक्षा गर्ने बताएको छ।  त्रिदेशीय उक्त सुरक्षा सम्झौतालाई चीनको उदाउँदो शक्तिको जबाफको रूपमा हेरिएको थियो। अस्ट्रेलिया-यूके-यूएस वा छोटकरीमा ‘ओकस’ नाम दिइएको उक्त सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट पहिलो परमाणु रियाक्टरबाट सञ्चालन हुने पनडुब्बी प्राप्त गर्ने थियो। साथै तीन […]

पूरा पढ्नुहोस्

हार्वर्डमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनको रोक

वासिङ्टन डिसी । अमेरिकाको ट्रम्प प्रशासनले विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमतिपत्र (स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेसन) खारेज गरिदिएको छ । यो कदमले विश्वविद्यालय र प्रशासनबीच चर्किएको असमझदारीलाई थप उत्कर्षमा पुर्‍याएको छ भने हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भविष्य अनिश्चित बनेको छ । अमेरिकाको आन्तरिक मामिला हेर्ने डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी […]

पूरा पढ्नुहोस्

मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ८ बजे प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लागेका हुन् । पाकिस्तानसँगको संघर्क्ष समझदारी भएपछि प्रधानमन्त्री मोदीले पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर […]

पूरा पढ्नुहोस्