- ३० श्रावण २०८२, बिहीबार १६:०७
काठमाडौं : जम्मू कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा बादल फुटेको खबर आएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार उक्त स्थानमा अचानक बाढीको आएको हो। एजेन्सीले किश्तवारका उपायुक्त पंकज शर्माले यो ठाउँ मचैल माता यात्राको सुरुवात बिन्दु रहेको जानकारी दिए।
जम्मू कश्मीरका उपराज्यपालको कार्यालयले ट्विटरमा लेखेको छ, ‘किश्तवाडको चाशोतीमा भएको बादल फुटेको घटनाबाट म दुःखी छु। शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु।’
केन्द्रीय राज्यमन्त्री डा. जितेन्द्र सिंहले बादल फुट्दा धेरै क्षतिको सम्भावना रहेको उल्लेख गरे। प्रशासन सतर्क रहेको भन्दै उनले राहत र उद्धार कार्यका लागि तुरुन्तै टोली पठाइएको बताए।
विधायक सुनील कुमार शर्माले ठुलो क्षति हुने सम्भावना रहेको भन्दै अहिलेसम्म कुनै संख्या वा तथ्याङ्क उपलब्ध नभएको बताए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्