अर्थ/व्यवसाय
सामाजिक सुरक्षामा शिक्षक कर्मचारीलाई समेट्न अर्थ मन्त्रालयको सहमति
काठमाडौँ- सरकारले राहत शिक्षक, संस्थागत विद्यालयका शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने प्रक्रियालाई अघि बढाएको छ। अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्यक्रम सञ्चालनका लागि सैद्धान्तिक सहमति दिएको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट जारी पत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३५२, सर्वोच्च […]
पूरा पढ्नुहोस्
सुरु भयो निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन
वैशाख १६, काठमाडौँ । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गर्नुभयो । महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली […]
पूरा पढ्नुहोस्
काठमाडौंमा आत्मनिर्भर अर्थतन्त्र र सुशासनमुखी बजेटबारे अर्थ संगोष्ठी सम्पन्न
काठमाडौं । नेपाल प्रथम राष्ट्रिय अभियानको आयोजनामा “आत्मनिर्भर अर्थतन्त्र र सुशासनका लागि बजेट २०८३” विषयक एकदिवसीय अर्थ संगोष्ठी आज काठमाडौंमा सम्पन्न भएको छ। आगामी आर्थिक वर्षको बजेटलाई थप प्रभावकारी, समावेशी र उत्पादनमुखी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा अर्थविद्हरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. प्रकाश कुमार […]
पूरा पढ्नुहोस्
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो […]
पूरा पढ्नुहोस्
पहिलो दिन प्रतितोला १८ हजार ८०० ले घट्यो सुन
काठमाडौं, माघ १८- साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो । शुक्रबार (माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच […]
पूरा पढ्नुहोस्आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय सामाग्री हस्तान्तरण
चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय प्रयोजनार्थ आवश्यक उपकरण आइतबार एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका कारण जलेर ध्वस्त भएको आन्तरिक राजस्व कार्यालय भरतपुरको कार्यालयको सेवा सञ्चालनलाई सहजीकरण गर्ने उद्वेश्यले ५ थान कम्प्युटर, २ थान प्रिन्टर, ६ थान एसी, ४ थान कम्प्यूटर टेवल, ४ थान कुर्चि र २ थान […]
पूरा पढ्नुहोस्
नेप्सेमा लगातार तेस्रो नकारात्मक सर्किट, कारोबार बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । नौ कारोबार दिनपछि खुल्ला भएको सेयर बजारमा यो दुर्लभ घटना घटेको हो । बिहीबारको कारोबारमा बजार खोल्नासाथ नेप्से सूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट ब्रेक लाग्यो । त्यसपछि बजार २० मिनेटका लागि बन्द गरियो । […]
पूरा पढ्नुहोस्
६१ खर्बको अर्थतन्त्रमा आधा जति नोक्सान : वरिष्ठ अर्थविद् अधिकारी
वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले हालको अस्थिर परिस्थितिले नेपालको करिब ६१ खर्ब रुपैयाँको अर्थतन्त्रमा आधा जति नोक्सान भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई अहिले डुब्न लागेको डुङ्गासँग तुलना गर्दै सबैले मिलेर बचाउनुपर्ने आवश्यकता औँल्याए। अधिकारीले भने, “राष्ट्र अहिले अप्ठ्यारोमा छ। यसलाई डुब्न लागेको डुङ्गालाई जसरी जोगाउनुपर्छ।” उनले जेनजी पुस्ताको […]
पूरा पढ्नुहोस्
विधेयकको विरोधमा निजी विद्यालयका प्रतिनिधिको मार्च, तस्बिरहरू
काठमाडौँ। आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । आज बिहान मात्रै उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८ […]
पूरा पढ्नुहोस्
२५ अर्ब लगानीको लक्ष्यसहित नवयुग इन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न
काठमाडौं, साउन १७ । रिटर्नी फेडेरेसन नेपालको प्रवद्र्धनमा स्थापना गरिएको नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको व्यवसायिक तथा वित्तीय योजना तय गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीले आगामी पाँच वर्षभित्र २५ अर्ब रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको जानकारी गराइएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले […]
पूरा पढ्नुहोस्







