- २ आश्विन २०८२, बिहीबार १२:४०
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । नौ कारोबार दिनपछि खुल्ला भएको सेयर बजारमा यो दुर्लभ घटना घटेको हो ।
बिहीबारको कारोबारमा बजार खोल्नासाथ नेप्से सूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट ब्रेक लाग्यो । त्यसपछि बजार २० मिनेटका लागि बन्द गरियो । पुनः खुलेपछि, बजारमा दोस्रो नकारात्मक सर्किट लाग्यो । दोस्रो सर्किट ब्रेकको समयसमयमा नेप्से सूचक १३३.६३ अंक अर्थात् ५ प्रतिशतले घटेर २५३८.६३ बिन्दुमा खुम्चिएको थियो ।
यो घटनापछि पुनः बजार ४० मिनेटका लागि बन्द गरियो। कारोबार पुनः सुरू भएपछि तेस्रो नकारात्मक सर्किट लाग्दा, नेप्से १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको थियो । यसरी, बिहीबारको कारोबार दिनका लागि सेयर बजार बन्द भएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्