- १५ जेष्ठ २०८२, बुधबार २२:३३
सुर्खेत, वीरेन्द्रनगर । सेवा र विकासका लागि युवा, ओरेगन नेपाली समाज अमेरिका तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त पहलमा सुर्खेतको वीरेन्द्रनगरस्थित श्री जन नमुना माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ।
कक्षा ९ मा अध्ययनरत रेस्मिका रावत र चन्द्रा जैसीलाई छात्रवृत्ति प्रदान गरिएको हाे ।
त्यस्तै कास्की जिल्ला पोखरा लामाचौरमा रहेको श्री इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयकाे कक्षा १० मा अध्ययनरत छात्रा अदिती पौडेललाई पनि छात्रवृत्ति वितरण गरिएको छ ।

ओरेगन नेपाली समाज अमेरिकाबाट प्राप्त भएको कार्यक्रमले शिक्षा क्षेत्रमा पहुँच नभएका विद्यार्थीहरूलाई अवसर सिर्जना गर्ने उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्।
यस खालको छात्रवृत्तिले विपन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने विश्वास आयोजक तथा विद्यालय परिवारले व्यक्त गरेका छन्।










प्रतिकृया दिनुहोस्