- १२ असार २०८२, बिहीबार ०६:५४
काभ्रे । सेवा र विकासका लागि युवाले काभ्रे नवबुद्वका ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
प्राज्ञिक विद्यार्थी परिषद्काे समन्वयमा बुधबार काभ्रेको नवबुद्वस्थित गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई एक एक सेट झाेला, कपि, कलम, ज्यामिति बक्स, नेपाली अङ्ग्रेजी बाेलिचाली पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेकाे हाे ।
उक्त शैक्षिक सामग्री सेवा र विकासका लागि युवाका संरक्षक नारायण प्रसाद ढकाल, सावर एक्सन नेपालका अध्यक्ष तथा नमोबुद्धस्थित थ्राङ्गु गुम्बाका पूर्व प्रमुख सचिव, आचार्य पासाङ वान्दी शेर्पा, गुम्बाका उपाध्यक्ष कर्म फुर्पु लामा जनजाति कल्याण आश्रम नेपालका संगठन सचिव मिलन भट्ट, हिन्दू स्वयंसेवक संघ बाग्मती सम्भाग प्रचारक कपिल भट्ट, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव लाेक बहादुर चयडा र सेवा र विकासका लागि युवाका सदस्यहरूकाे विशेष उपस्थितिमा गुम्बाका ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको वितरण गर्ने संस्थाले जनाएको छ ।











प्रतिकृया दिनुहोस्