- २६ जेष्ठ २०८२, आईतवार २२:३८
कोहलपुर, जेष्ठ २५ । सेवा र विकासका लागि युवाको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
आईतबार सम्पन्न उक्त कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नं. १३ का अध्यक्ष, डम्बर बहादुर खड्का, कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, अशोक गौडेल, महिला उद्यमी तथा सामाजिक व्यक्तित्व अन्जना पाँडे, सेवा र विकासका लागि युवाका केन्द्रीय संयोजक, प्रकाश कुमार शर्मा, प्राज्ञिक विद्यार्थी परिषद नेपालकी केन्द्रीय सदस्य, जनता रैका लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष शाहले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु जस्तै कार्य युवाहरूबाट हुनु निकै सराहनीय रहेको बताए। “हामी जनप्रतिनिधिले गर्नुपर्ने काम यस्ता संस्थाले अघि बढेर गरेका छन्, यसमा म अत्यन्त खुसी छु,” उनले भने।
विशिष्ट अतिथि वडा अध्यक्ष खड्काले भविष्यमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा रहेको जनाउँदै विद्यार्थीको शिक्षामा सशक्त भूमिका खेल्न युवाहरूलाई निरन्तर लागिरहने आह्वान गरे।
कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको तथा समुदायमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।











प्रतिकृया दिनुहोस्