- १ असार २०८२, आईतवार १९:०७
अर्घाखाँची – असार १ । सेवा र विकासका लागि युवाद्वारा अर्घाखाँचीको भूमिकास्थानस्थित श्री भगवती माध्यमिक विद्यालयमा र अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। त्यसैगरी श्री जनज्योति माद्यामिक विद्यालय ,श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालय, श्री समाज कल्याण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यार्थी परिषद् र विद्यालय प्रशासनको सहकार्यमा आयोजित उक्त कार्यक्रम एक विशेष समारोहकाबीच सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सी बहादुर रायमाझी रहनुभएको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा सेवा र विकासका लागि युवाका केन्द्रीय संयोजक प्रकाश शर्मा, विद्यार्थी परिषद्का राष्ट्रिय सचिव मनिष बन्जाडे, परिषद् प्रदेश सदस्य पूजा बन्जाडे, विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर छेत्री तथा सेवा र विकासका लागि युवाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरू समेत सहभागी थिए।
समारोहमा बोल्दै प्रधानाध्यापक कृष्ण बहादुर छेत्रीले “सेवा नै धर्म हो, हामीले सधैं अरूको भलो हुने कार्यमा सहभागी हुनुपर्छ,” भन्ने विचार व्यक्त गर्नुभयो। उहाँले यस्तो सहयोगले विद्यार्थीमा सकारात्मक ऊर्जा पैदा गर्ने र पठनपाठनमा थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
शैक्षिक सामग्री वितरणमार्फत विद्यार्थीको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्था सेवा र विकासका लागि युवाले जनाएको छ। कार्यक्रमले विद्यार्थी, अभिभावक तथा सम्पूर्ण विद्यालय समुदायमा उत्साह र ऊर्जा थपेको बताइएको छ।












प्रतिकृया दिनुहोस्