- १३ जेष्ठ २०८२, सोमबार ०९:५३
काठमाडौं । सेवा र विकासका लागि युवाको समन्वयनमा, अमेरिकास्थित ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा पोखरा कास्कीस्थित श्री नव प्रभात माध्यामिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रा निखत खातुनलाई छात्रवृत्ति वितरण गरिएको छ।
कार्यक्रममा सेवा र विकासका लागि युवाका केन्द्रिय कार्यक्रम संयोजक प्रकाश कुमार शर्मा, कास्की जिल्ला संयोजक भुपेन्द्र महरा, प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सचिव दीप्सन गुरुङ, र विद्यालयकी प्राचार्य माया थापा उपस्थित थिए।

प्राचार्य थापाले कार्यक्रममा सम्बोधन गर्दै भनिन्, “हामी युवा विद्यार्थीहरूले आफ्नै देशमा केही गरेर देखाउनु पर्छ। यो मुलुकमा हजारौं सम्भावना छन्, ती सम्भावनालाई पहिल्याउँदै खोजिमूलक बनाउने जिम्मा हाम्रो काँधमा छ।”

यसै क्रममा, कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोटमा अवस्थित श्री बाल मन्दिर माध्यामिक विद्यालयका कक्षा १० मा अध्ययनरत छात्रा सविता रोकाया, सदिक्षा रोकाया, प्रशंसा रोकाया, र प्रेक्षा बोहरालाई समेत छात्रवृत्ति वितरण गरिएको छ।

यस प्रकारको सहयोगले विद्यार्थीहरूमा आत्मबल वृद्धि हुनुका साथै, शिक्षा मार्फत देशमा योगदान पुर्याउने प्रेरणा मिल्ने अपेक्षा लिइएको छ।










प्रतिकृया दिनुहोस्