Tag: शिक्षा मन्त्री

उपकुलपतिले राजीनामा दिनुभएको औपचारिक जानकारी आएको छैन : मन्त्री भट्टराई

काठमाडौँ, चैत १७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले राजीनामा दिनुभएको खबर मिडियाबाट थाहा पाए पनि आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताउनुभएको […]

पूरा पढ्नुहोस्

मापदण्डभित्र नआए विदेशी सम्बन्धनका कलेजलाई कारवाही

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मापदण्डभित्र नआए विदेशी सम्बन्धनका कलेजलाई कारवाही गर्ने बताएकी छन्। शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालन भइरहेका कलेजहरूको नियमन र कारबाहीको प्रक्रिया थालेको छ। मन्त्रालयले विदेशी कलेज सञ्चालनसम्बन्धी मापदण्डसहितको निर्देशिका बनाएर नियमन तथा व्यवस्थापन गर्ने तयारी गरेको जानकारी मन्त्री भट्टराईले दिइन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विदेशी […]

पूरा पढ्नुहोस्

कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ। पुष २५ गते  बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन्। ‘१० को प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा छौँ’, उनले भनिन्। राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ। हाल […]

पूरा पढ्नुहोस्

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र

पुष २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। विगत केही वर्ष अघि विद्यार्थीहरूले अंग्रेजी भाषामा प्रश्न पत्र आउँदा नबुझिएको गुनासो पोखेकोले र परीक्षा नतिजा […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रीका सय दिन : अनिवार्य तथा निःशुल्क शिक्षामा जोड्

काठमाडौँ, ८ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफूले शिक्षा क्षेत्र सुधार गर्न लागि रहेको बताउँदै माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सोच अनुरूप कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रियामा अगाडी बढाइएको बताएकी छन् ।   बिहिवार शिक्षा मन्त्रालयको जिम्मेवारी समालेको सय दिन पुगेको सन्दर्भमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अनिवार्य तथा निःशुल्क शिक्षाको तिनै […]

पूरा पढ्नुहोस्

शैक्षिक परामर्श संस्थाको शैक्षिक गतिविधि र आर्थिक हिसाब पारदर्शी हुनुपर्छ : शिक्षा मन्त्री

काठमाडौं ,असोज ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शैक्षिक परामर्श संस्थाहरूको शैक्षिक गतिविधि र आर्थिक हरहिसाब पारदर्शी हुनुपर्ने बताएकी छन् । मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका प्रतिनिधिमूलक संस्थासँग बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । कार्यक्रममा मन्त्री विद्या भट्टराईले स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका सम्पूर्ण शैक्षिक […]

पूरा पढ्नुहोस्

विद्यालय तहदेखि उच्च शिक्षासम्म तीन वटै सरकारको समन्वय आवश्यक छ : शिक्षा मन्त्री

  काठमाडौं, २ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय तहदेखि उच्च शिक्षासम्म गुणस्तरीय शिक्षक, विद्यालय, शैक्षिक सामग्री र वातावरणको व्यवस्था गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार बीच समन्वय, साझेदारी र सहकार्य आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा शभकामना सन्दैश दिँदै गुणस्तरीय शिक्षाले देशमा ज्ञान, सीप, दक्षता […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गरेकी हुन्। त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै दम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन […]

पूरा पढ्नुहोस्

राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्था दुर्बल हुँदैछन् : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका छन् । शनिबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं साधारण सभा उद्‌घाटन गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरू पढ्नका लागि बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभइ ज्ञान पछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीले गरिन् पदभार ग्रहण, विद्यार्थी खाजालाई स्थानीय उत्पादनसँग जोड्न समिति गठन

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन्। विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन्। सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन्। समितिमा शिक्षा मन्त्रालयका […]

पूरा पढ्नुहोस्