Tag: नेपाली काङ्ग्रेस
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त […]
पूरा पढ्नुहोस्
लोकतान्त्रिक समाजवादको विचलन र नेपालको राजनीतिक विचलन
काठमाडौं । नेपालको राजनीति आज सैद्धान्तिक दिशाविहीनताको चरम अवस्थामा पुगेको छ। ऐतिहासिक रूपमा लोकतान्त्रिक समाजवादलाई आफ्नो मूल विचार बनाएको नेपाली कांग्रेस आज त्यही विचारधारालाई विस्थापित गर्दै, तत्कालीन सत्ताको साझेदारीका लागि वैचारिक विरोधीहरूसँग गठबन्धन गर्न र सत्ता बाँडफाँटमा रमाउन थालेको छ। यसले न केवल पार्टीको ऐतिहासिक चरित्रमा आँच पुर्याएको छ, तर सम्पूर्ण नेपाली राजनीतिमा गम्भीर वैचारिक […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा रहेको शिक्षा विधेयका बारे पार्टीको आधारिक धारणा बनाउनका लागि गम्भीर छलफल सुरु गरेको छ। अधिकांश कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले शिक्षा उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयक बारे पूर्ण धारणा निर्माण गर्नका लागि आवश्यक समन्वय गर्न […]
पूरा पढ्नुहोस्
डोटीको पूवीचौकी–६ मा कांग्रेस विजयी
काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका […]
पूरा पढ्नुहोस्
बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण सृजना गर्न काँग्रेसको माग
नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गरेको छ । सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी र शिक्षकको समस्या केन्द्रीत हुनुपर्ने विभागको भनाई […]
पूरा पढ्नुहोस्
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना अहिले माई नगरपालिकामा आइपुग्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले नेपाली कांग्रेसका डम्बर खड्कालाई उछिनेका छन् ।
पूरा पढ्नुहोस्
काङ्ग्रेस नेता जीवनबहादुर शाही सांसद पदबाट निलम्बन
कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बनमा परेको छ। तत्कालीन पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीको हैसियले वाइडबडी खरिद गर्दा भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि शाही निलम्बनमा परेका हुन्। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ ले कुनै पनि ‘राष्ट्रसेवक’ विरुद्ध भ्रष्टाचार मुद्दा लागेमा […]
पूरा पढ्नुहोस्
कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने
नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले भने कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले […]
पूरा पढ्नुहोस्
हिन्दूराष्ट्रको पक्षमा कांग्रेसका ९ सय प्रतिनिधिले गरे हस्ताक्षर
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको लागि झण्डै ९ सय प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । गोदावरीस्थित महासमिति बैठकस्थलको प्रवेशद्वार छेवैमा सातै प्रदेशअनुसार हस्ताक्षर संकलन कक्ष राखिएको छ । पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि हस्ताक्षर गरेका छन् । अहिलेसम्म केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करिब […]
पूरा पढ्नुहोस्







