Tag: शिक्षा मन्त्री

शिक्षा विधेयकलाई प्राथमिकतामा राखि छलफल अघि बढाउन संसदीय समितिलाई मन्त्री श्रेष्ठकाे पत्र

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापालाई विद्यालय शिक्षा विधेयक प्राथमिकतामा राखि छलफल अगाडि बढाउन पत्राचार गरेकी छन्। शिक्षामन्त्री श्रेष्ठले समितिमा छलफलको क्रममा रहेका विधेयकमध्ये विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पहिलो प्राथमिकतामा राखी छलफल अगाडि बढाउन अनुरोध गर्दै पत्राचार गरेकी हुन्। श्रेष्ठले नेपालको संविधानले […]

पूरा पढ्नुहोस्

नेत्र चापागाईं र शिक्षा मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन

‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’को माग गर्दै एक्लै उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन बनेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले वार्तामा बोलाएपछि शुक्रबार साँझ चापागाईं मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयमा पुग्दा कुनै समिति नभएर मन्त्री स्वयं मात्रैले चापागाईंलाई सहमतिमा आउन आग्रह […]

पूरा पढ्नुहोस्

शिक्षामा दलीयकरण र भागबन्डा नै अभिशाप : प्रा.डा.विद्यानाथ कोइराला

नेपालको समग्र शिक्षा क्षेत्रको वर्तमान अवस्था शैक्षिक सुधार, आगामी दिशा र वर्तमान नेतृत्वको भूमिका कस्तो हुने भन्ने विषयमा केन्द्रित रहेर शिक्षाविद् प्राज्ञिक व्यक्तित्व प्रा.डा. विद्यानाथ कोइरालाज्यूसँग शैक्षिक संवादको सम्पादित अंश क्रमश …….. नेपालको उच्च शिक्षालाई लिएर समग्र क्षेत्रमा चिन्ता, चिन्तन र बहस व्यापक रूपमा भएको पाइन्छ । यो विषयलाई नेपालको उच्च शिक्षा सुधारमा कसरी हेर्न […]

पूरा पढ्नुहोस्

विद्यार्थी भर्ना अभियानको लागि शिक्षामन्त्रीको सन्देश

बैशाख, २ गते काठमाडौ । आज २०८१ बैशाख २ गते देखी “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसँगै नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु हुदैछ । यसै सन्दर्भमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई आह्वान गरेकी छन् । मन्त्री श्रेष्ठले नेपाल सरकार, प्रदेश सरकार, […]

पूरा पढ्नुहोस्

सेन्ट जेभियर्स र बूढानीलकण्ठ विद्यालयको भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह

काठमाडौँ, चैत १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन  आग्रह गर्नुभएको छ ।  उहाँले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गर्नुभएको हो । ती विद्यालयका प्राचार्यहरुसंग […]

पूरा पढ्नुहोस्

विद्यालयमा दलका विद्यार्थी संगठन खारेज गर्ने शिक्षामन्त्रीको निर्णय

काठमाडौं: नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यालयमा राजनैतिक दलका विद्यार्थी संगठन खोल्न र राजनीतिक क्रियाकलाप गर्न बन्देज लगाउने निर्णय गरेकी छन । मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको प्रमाणित भएमा तेस्ता शिक्षकलाई सेवाबाट सिधै बर्खास्त गरिने निर्णय पनि पारित गरेकी छन l शिक्षामन्त्रीको सपथग्रहण पछि पदभार सम्हाल्ने क्रममा मन्त्री […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीको पहिलो निर्णय : विश्वविद्यालयको कुलपति र सहकुलपतिमा प्राज्ञिक व्यक्ति बनाउने

फागुन २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेकी छन् । विश्वविद्यालयमा प्राज्ञिक तथा विज्ञ व्यक्तित्व रहने गरी ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने उनको निर्णय छ । बुधबार पदबहाली गरेपछि मन्त्री श्रेष्ठले हालको विश्वविद्यालय सम्बन्धी ऐन तथा उच्च शिक्षा सम्बन्धी कानुनमा […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्री सुमना श्रेष्ठद्वारा डटेर काम गर्ने मौका दिन आग्रह

नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले आफूहरूलाई अहिले बधाईभन्दा पनि शुभकामनाको खाँचो रहेको बताउँदै बधाईको लागि पछि कार्यतालिका नै बनाउने अहिले डटेर काम गर्ने मौका दिन आग्रह गरेकी छन्। अन्तरक्रिया र सल्लाह सुझाव सकेसम्म अनलाइनबाट गर्ने उनको भनाई छ । उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् -‘भेट्न इच्छा गर्नुभएका सम्पूर्णका निम्ति हामीले शुक्रवार ३–५ बजे छुट्ट्याउने […]

पूरा पढ्नुहोस्

सुमना श्रेष्ठ शिक्षामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने भएकी छन्। सत्ता समिकरण परिवर्तन भएसँगै सत्ता गठबन्धनका दलहरु बीच बुधबार शिक्षा मन्त्रालय रास्वपालाई दिने सहमति भएको थियो । उक्त सहमती अनुसार श्रेष्ठलाई शिक्षा मन्त्री बनाउने रास्वपाले निर्णय गरेको हो । गत निर्वाचनबाट उदाएको रास्वपाकी उनी समानुपातिक तर्फकी सांसद हुन् । उनी प्रतिनिधि सभा अन्तरगतको शिक्षा […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीको निर्देशन : मेडिकल कलेजबाट निलम्बित चिकित्सकको कारबाही फुकुवा गर्नू

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौँ विश्वविद्यालयलाई निर्देशन  दिएका छन्। काठमाडौँ विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्। मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी […]

पूरा पढ्नुहोस्