- ५ भाद्र २०८१, बुधबार ०९:२६
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गरेकी हुन्।
त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै दम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन माग गरेकी हुन् ।
यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत गृहमन्त्रीसँग माग गरिन्। त्रिविमा पदाधिकारीहरूमाथि धम्की दिने गरेको भन्दै त्यसमा आफूले समन्वय गरिरहेको बताइन्।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्