समाज
राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार स्वास्थ्यसेवी दिनेश तामाङलाई
चितवन । राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार स्वास्थसेवी दिनेश तामाङले प्राप्त गरेका छन् । प्राज्ञिक विद्यार्थी परिषद्ले विगत ४ वर्षदेखि निरन्तर रूपमा नेपाल राष्ट्रका निर्माता राष्ट्रिय एकताका सुत्रधार पृथ्वीनारायण शाहकाे स्मृतिमा प्रदान गर्दै आइरहेको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार धादिङ जिल्लाकाे रूवि भ्याली गाउँपालिकाका स्वास्थ्यसवी दिनेश तामाङलाई प्रदान गरेको हाे । विद्यार्थी परिषद्ले प्रदान गरेको […]
पूरा पढ्नुहोस्
राष्ट्रिय सुरक्षा, स्वावलम्बन र सुशासनका लागि प्राज्ञिकको सोभा यात्रा
भरतपुर, चितवन। चितवनमा जारी प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनको आज दोस्रो दिन विभिन्न कार्यक्रमहरू सम्पन्न गरि। चितवनको भरतपुर र नारायणगढ बजारमा विद्यार्थीहरूकाे एक शाेभा यात्रा निकालिएको थियोे । जसमा “ज्ञान, शिल, एकता: परिषद् को विशेषता, मेचीदेखि काली: हामी सबै नेपाली” हिमाल पहाड तराई काेही छैन पराई, भ्रष्टाचारि सावधान जागेका छन् नाै जवान, ठिक […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशनमा प्रदर्शनी उद्घाटन
चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा प्रदर्शनी परिषद्का राष्ट्रिय उपाध्यक्ष अच्युत पन्त र राष्ट्रिय भजन गायक हिरालाल कण्डेलज्युले उद्घाटन गर्नु भएको छ । आजबाट चितवनमा सुरु भएको अधिवेशनमा परिषद्ले विगतमा गरेका गतिबिधिलाई समेटेर तयार पारेको श्री १००८ स्वामी परमानन्द स्मृती प्रर्दशनी कक्षको उद्घाटन गरिएको हो । प्रर्दशनीमा राष्ट्रका महापुरूषहरूको परिचय सहितको तस्वीरहरू […]
पूरा पढ्नुहोस्
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघबाट अनुज कार्कीको उम्मेदवारी सदर
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्ववियु अध्यक्षका उम्मेदवारी दिएका अनुज कार्कीको उम्मेदवारी सदर भएको छ। स्ववियु निर्वाचन समितिले यसअघि दीपक जोशीको सदर गर्दै कार्कीको उम्मेदवारी बदर गरेको थियो । त्यसपछि नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलासहितका नेता कार्यकर्ताले प्रिन्सिपल कार्यालयमा ताला लगाएका थिए। फागुन २८ गते निर्वाचन समितिले जोशीसँगै कार्कीको समेत उम्मेदवारी सदर गरेको हो । […]
पूरा पढ्नुहोस्
प्याब्सनको १६औं महाधिवेशन सम्पन्न: नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६ औं महाधिवेशन सम्पन्न भएको छ। तत्कालीन अध्यक्ष डिके ढुङ्गानाको अध्यक्षतामा गत २६ र २७ गते काठमाडौमा भएको महाधिवेशन सम्पन्न भएको हो। १६औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सपथ ग्रहण पश्चात् बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो […]
पूरा पढ्नुहोस्
आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि अनेरास्ववीयु निकटका विद्यार्थीहरुद्धारा आक्रमण
काठमाडौँ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ । स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् । घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले […]
पूरा पढ्नुहोस्
प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै
चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी […]
पूरा पढ्नुहोस्
एसईईमा सहभागी हुँदैछन्, ५ लाख १० हजार परीक्षार्थी
काठमाडाैँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो। परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन्। विगतका वर्षमा पनि यस्तो देखिएको थियो। एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै […]
पूरा पढ्नुहोस्
शिक्षा ऐन जारी नभएसम्म दोस्रो चरणको आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। शनिबार पहिलो चरणको आन्दोलन सकिए लगत्तै आइतबार महासंघको बैठक बसेर […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे देशभर प्रचार प्रसार तीव्र
चितवन । प्राज्ञिक विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ । प्राज्ञिकलेे हरेक दुई दुई वर्षमा गर्ने आफ्नो राष्ट्रिय अधिवेशन यस वर्ष दशाैँ राष्ट्रिय अधिवेशन चितवनकाे भरतपुरमा सम्पन्न गर्न गईरहेकाे छ । परिषद्ले सम्पन्न गर्न गइरहेको आफ्नो दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार, अर्थ संकलन र अधिवेशन स्थल व्यवस्थापन गायतका कार्यहरूलाई […]
पूरा पढ्नुहोस्







