- २ चैत्र २०८१, शनिबार ११:०५
चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा प्रदर्शनी परिषद्का राष्ट्रिय उपाध्यक्ष अच्युत पन्त र राष्ट्रिय भजन गायक हिरालाल कण्डेलज्युले उद्घाटन गर्नु भएको छ । आजबाट चितवनमा सुरु भएको अधिवेशनमा परिषद्ले विगतमा गरेका गतिबिधिलाई समेटेर तयार पारेको श्री १००८ स्वामी परमानन्द स्मृती प्रर्दशनी कक्षको उद्घाटन गरिएको हो ।
प्रर्दशनीमा राष्ट्रका महापुरूषहरूको परिचय सहितको तस्वीरहरू र सातै प्रदेशमा विद्यार्थी परिषद् गरेको विभिन्न गतिबिधि र राष्ट्रयस्तरका कार्यक्रमहरूका फोटोहरू राखिएको छ । अधिवेशनको उद्घाटन आज दिउँसो दुई बजे हुने परिषद्ले जनाएको छ । अधिवेशनको उद्घाटन श्री १००८ स्वामी ज्ञानानरन्द सरस्वतीजी महाराजले गर्ने कार्यक्रम छ ।
उद्घाटन समारोहमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालको पनि सहभागिता हुने छ । आजबाट सुरु भएको अधिवेशन चैत चार गते सोमबार सम्पन्न हुनेछ । अधिवेशनको यो अवधिमा विभिन्न सत्रहरू संचालन हुनकासाथै नयाँ नेतृत्व चयन हुनेछ ।











प्रतिकृया दिनुहोस्