- २८ फाल्गुन २०८१, बुधबार १६:३८
काठमाडौँ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ । स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् ।
घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले आफ्नो विषय नभएको भन्दै पन्छिएको देवकोटाको समूहका स्वतन्त्र विद्यार्थी समुहका एक नेताले शिक्षा संचारलाई जानकारी दिए । आक्रमणमा संलग्नहरु विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गर्न लागिएको उनले बताए । उनले भने– ‘जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबारमा पुगेका छौँ ।’ आक्रमणकारीहरुले एकजना छात्रा अफ्सना बानु विद्यार्थीलाई पनि आक्रमण गरेको आरोप छ ।










प्रतिकृया दिनुहोस्