- २७ फाल्गुन २०८१, मंगलवार १३:००
काठमाडाैँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो।
परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन्। विगतका वर्षमा पनि यस्तो देखिएको थियो। एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि केन्द्रबाट गरिने सम्पूर्ण तयारी पूरा भइसकेको छ।
उहाँका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको छ। परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ।
ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याका आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ। यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन्। जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन्।










प्रतिकृया दिनुहोस्