- ४ चैत्र २०८१, सोमबार १६:३७
चितवन । राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार स्वास्थसेवी दिनेश तामाङले प्राप्त गरेका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद्ले विगत ४ वर्षदेखि निरन्तर रूपमा नेपाल राष्ट्रका निर्माता राष्ट्रिय एकताका सुत्रधार पृथ्वीनारायण शाहकाे स्मृतिमा प्रदान गर्दै आइरहेको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार धादिङ जिल्लाकाे रूवि भ्याली गाउँपालिकाका स्वास्थ्यसवी दिनेश तामाङलाई प्रदान गरेको हाे ।
विद्यार्थी परिषद्ले प्रदान गरेको पुरस्कार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहकाे हातबाट वितरण गरिएको थियोे ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिको रूपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, परिषद्का नवनिर्मित राष्ट्रिय अध्यक्ष डा.दयाराम भूषाल, महासचिव दिनेश कार्की, विशिष्ट अतिथि हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचारक वेद प्रकाश पाैड्याल,पुरस्कार प्राप्त कर्ता दिनेश तामाङ , अतिथि घनश्याम श्यामजी लगायतका व्यक्तिहरू लगायत देशभरबाट अधिवेशनमा उपस्थित प्रतिनिधिहरूकाे विशेष उपस्थित रहेको थियाे ।










प्रतिकृया दिनुहोस्