राष्ट्रिय समाचार

कल्याण आश्रम नेपालद्वारा छात्रावास भवनको शिलान्यास

धादिङ्ग । वसन्तपञ्चमीको पावन दिवसमा जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित छात्रावास भवन निर्माणका लागि भूमिपुजन एवं शिलान्यास कार्यक्रम राप्ती नगर–१२ केउरालीटार, लोथरमा सम्पन्न भएको छ। कार्यक्रममा बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री माननीय सन्त बहादुर चेपाङ, सेवा ईन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्याम पराण्डे, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख डा. दीपककुमार अधिकारी, जनजाति कल्याण आश्रम […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे देशभरका इकाईहरूमा सरस्वती पूजा कार्यक्रम

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे देशभर रहेका नगर इकाई समितिले सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेकाे छ। देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले  स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त पञ्चमीकाे समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । असल व्यक्ति निर्माणबाट मात्र राष्ट्रको समग्र विकास हुन्छ भन्ने ध्येयका […]

पूरा पढ्नुहोस्

आज सरस्वती पूजा : देशभर विद्याकी देवी सरस्वती माताको पूजा गरिँदै

काठमाडौं: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ। ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० […]

पूरा पढ्नुहोस्
स्वर्गीय लता मंगेशकर।

रहिनन् भारतीय गायिका लता मंगेशकर

नयाँ दिल्ली : भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी केही हप्तादेखि आईसीयूमा थिइन्। लता मंगेशकरले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्। लता मंगेशकरलाई भारतको ‘सुर […]

पूरा पढ्नुहोस्

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुला, कसरी दिने आवेदन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। संस्थाले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको […]

पूरा पढ्नुहोस्

नेपाली काङ्ग्रेसद्वारा पत्रकारहरूलाई स्वास्थ्य सामग्री वितरण

काठमाडौँ , २० माघ, । काेराेना महामारीको तेस्रो लहर ओमिक्रोन भाइरस फैलिरहेकाे समयमा फ्रन्ट लाइनमा बसेर काम गर्ने सञ्चार गृह तथा पत्रकारहरूलाई नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरपालिकाकाे नेतृत्वममा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । बुधवार कपन, आकाशेधारामा आयाेजना गरेकाे कार्यक्रममा उक्त सामाग्री पत्रकारहरूलाई हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेका क्षेत्र नं. ४ का […]

पूरा पढ्नुहोस्

बिमा समितिको कारबाहीमा नेपाल लाइफ इन्स्योरेन्स

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ । जसमा नेपाल लाइफ इन्स्योरेन्स पनि कारबाहीमा परेकाे छ । बिमा ऐन, २०४९ अनुसार बिमा […]

पूरा पढ्नुहोस्

बिमा समितिको कारबाहीमा ११ बिमा कम्पनी, कुन -कुन परे ?

काठमाडौं : लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ । यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, […]

पूरा पढ्नुहोस्

स्थानीय तहको निर्वाचन जेठ ४ गते— एकै चरणमा हुने

काठमाडौँ, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्ने सहमति भएको छ। मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निष्कर्षमा पुगेको हो। सहमतिपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका […]

पूरा पढ्नुहोस्

स्वयंसेवक संघ र सेवा इन्टरनेशनलद्वारा फेस सिल्ड र मास्क वितरण

काठमाडौँ, माघ १९ । कोभिड–१९ को तेस्रो भेरिएन्ट ओमिक्रोन फैलिइरहेको अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल एवं सेवा इन्टरनेशनल नेपालले देशका विभिन्न स्थानमा मास्क तथा फेस सिल्ड वितरण गरेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरू, बैंक तथा सहकारीहरूमा हिन्दू स्वयंसेवक संघ नेपालका कार्यकर्ताहरू पुगेर ६५८ थान मास्क तथा ४५६ थान फेस सिल्ड हस्तान्तरण […]

पूरा पढ्नुहोस्