- २३ माघ २०७८, आईतवार १५:५१
धादिङ्ग । वसन्तपञ्चमीको पावन दिवसमा जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित छात्रावास भवन निर्माणका लागि भूमिपुजन एवं शिलान्यास कार्यक्रम राप्ती नगर–१२ केउरालीटार, लोथरमा सम्पन्न भएको छ।

कार्यक्रममा बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री माननीय सन्त बहादुर चेपाङ, सेवा ईन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक श्याम पराण्डे, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख डा. दीपककुमार अधिकारी, जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय उपाध्यक्ष, महेश अग्रवाल, वार्ड न. १२ का अध्यक्ष आदरणीय अर्जुन चेपाङ, कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव भट्ट मिलन, सेवा ईन्टरनेशनल नेपालका संयोजक , प्रसन्न वैद्य, राधेश्याम अग्रवाल, महेन्द्र राठी, विनित सारडालगायत समाजका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्तिथिमा रहेको कल्याण आश्रमले जनाएको छ ।

“जाऔँ बालौँ दीप त्यहाँ ,जहाँ अझै अँध्यारो छ ” भन्ने भावनालाई मनमा लिएर जनजाति कल्याण आश्रम नेपाल आफ्नो स्थापना कालदेखि नै समग्र जनजाति समाजको सर्वाङ्गीण विकासका निम्ति समर्पित रहिआएको छ । कल्याण आश्रमकै तत्त्वाधानमा आज देशका विभिन्न स्थानमा आमाको माया छात्रावास नामले बालगृह सञ्चालित छन् जहाँ विपन्न वर्गका र मूलधारको शिक्षा–स्वास्थ्य आदि सेवाबाट वञ्चित बालबालिकालाई शिक्षा, आवास, भोजन आदि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । यस्तै, कल्याण आश्रमले जनजाति समाजको मूल स्वधर्म–संस्कृतिको रक्षाका निम्ति श्रद्धाजागरण, जनजाति युवाहरूलाई लक्षित गरी खेलकूद जस्ता प्रकल्प चलाउँदै आएको छ । लोथरमा निर्माण हुने बालगृहबाट पनि त्यस भेगका विशेषतः चेपाङ जनजातिका बालबालिकालाई सेवा प्रदान गरिने कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव भट्ट मिलनले बताउनुभएको छ ।










प्रतिकृया दिनुहोस्