- २३ माघ २०७८, आईतवार १५:३६
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे देशभर रहेका नगर इकाई समितिले सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेकाे छ।


देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त पञ्चमीकाे समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । असल व्यक्ति निर्माणबाट मात्र राष्ट्रको समग्र विकास हुन्छ भन्ने ध्येयका साथ देशका सवै जिल्लामा गतिविधिहरु संचाल गरी प्राज्ञिकले नेपालमा विद्यार्थी आन्दोलनको नयाँ स्वरूपमा खडा गरेको छ । शिक्षक, विद्यर्थी र शिक्षविद्धलाई दलिय राजनिति भन्दा माथि राख्दै रचनात्मक तथा सिर्जनात्मक गतिविधि गर्दै आएको छ ।


त्यस्तै, परिषदले देशको धर्म, संस्कार, संस्कृति र परम्परालाई निरन्तररुपमा अगाडी बढाउनु युवाहरुकाे कर्तव्य हो भन्ने उद्देश्यका साथ आज वसन्त पञ्चमीको अवसरमा परिषदको केन्द्रीय कार्यालय काठमाडौँ, विराटनगर, धनगडी, दाङ, अर्धाखाँची, सुर्खेत, परासी, सुनसरी, वुटवल, अछाम, डडेल्धुरा, गैडाकोट, जनकपुर लगाएतका स्थानहरुमा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरेको प्राज्ञिकका महासचिव छितराज न्यौपानेले जानकारी दिएका छन ।











प्रतिकृया दिनुहोस्