Tag: शिक्षक महासंघ
नेपाल शिक्षक महासंघको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा धर्ना
आन्दोलनत नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुका माग समावेश नगरिएको भन्दै उक्त विधेयक सच्याउन मागसहित धर्ना दिएको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासङ्घका मागहरू सम्बोधन गर्न दबाब दिनको लागि धर्नामा बसेको महासंघले जनाएको छ । महासंघका आन्दोलनका कार्यक्रम […]
पूरा पढ्नुहोस्आन्दोलन गर्ने शिक्षकको तलब कट्टा गर्ने नगरपालिकाको चेतावनी
बर्दिबास, भदौ १४ गते । आन्दोलनको नाममा धर्ना हडताल गर्ने र विद्यालयको पठनपाठनमा बाधा पु¥याउने शिक्षकमाथि मनरासिसवा नगरपालिकाले कारवाहीको चेतावनी दिएको छ । नगरप्रमुख मोहन पाण्डेयले विद्यालयमा हाजिरी गरी आन्दोलनमा सहभागी हुने शिक्षकहरूको तलब कट्टा गर्ने चेतावनी दिनुभएको हो । नेपाल शिक्षक महासंघमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरुले शुक्रबार विद्यालयमा हाजिरी लगत्तै नगर कार्यालयको परिसरमा धर्ना बसेपछि […]
पूरा पढ्नुहोस्
स्थानीय तहमा दरबन्दी हस्तान्तरणको विपक्षमा शिक्षक महासंघ, यस्ता छन् १० बुँदे माग
काठमाडौ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने शिक्षा विधेयकको व्यवस्थाप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफाबार छलफल गरेर प्रतिनिधिसभामा पेस गरेको विधेयकमा शिक्षक दरबन्दी मिलान गरी स्थानीय तहमा हस्तान्तरण गर्ने उल्लेख छ । यस्ता छन् शिक्षक महासंघको माग अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिकबाट स्थायी गर्नुपर्ने गोल्डेन ह्यान्डसेकअन्तर्गत दिइने रकम […]
पूरा पढ्नुहोस्
भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए । […]
पूरा पढ्नुहोस्
पून: आन्दोलनको तयारीमा शिक्षक महासंघ
काठमाडौं । सरकारले माग पूरा नगरेपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको छ । आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि आन्दोलन पुनः सुरु गर्ने तयारी गरिएको लक्ष्मीकिशोर सुवेदीले बताए । उनका अनुसार आज दिउँसो १ बजे बबरमहलमा बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् । […]
पूरा पढ्नुहोस्
सहमति भए अनुसार शिक्षा ऐन कार्यान्वयन गर्न शिक्षकसँग थप वार्ता गरिरहेका छाैँ : शिक्षामन्त्री पन्त
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग सहमति भएकाे शिक्षा ऐन कार्यान्वयन गर्ने विषयमा सरकारले शिक्षकसँग थप वार्ता गरिरहेकाे बताएका छन्। समितिको बैठकमा बोल्दै मन्त्री पन्तले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकार आर्थिक रूपमा सरकार दबाबमा परेता पनि सहमतिलाई शिक्षा विधेयकमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन्। विधेयकमा रहेका विभिन्न विषयमा सरकारको धारणा […]
पूरा पढ्नुहोस्
शिक्षकहरूकाे माग सहमति नजिक, आन्दोलन राेक्ने सहमति
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूकाे माग सहमति नजिक र सकारात्मक रहेको बताएका छन् । शिक्षा महासंसँगकाे बैठक पश्चात् बाेल्ने उनले वार्ता अन्त्यै सकारात्मक भएको बताउनु भएको छ । साथै शिक्षा समिति सभापति अम्बर बहादुरजीले शिक्षकहरूसँग शिक्षक आन्दोलन राेक्ने सहमति भएको बताएका छन् ।
पूरा पढ्नुहोस्
मन्त्रालयको ढोका देखेर फर्किए शिक्षकहरू, वार्ता प्रक्रिया फेरि अन्योलमा
काठमाडौं । शिक्षा मन्त्रालयसँगको वार्ताका लागि पुगेका शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन्। वार्ताको अपेक्षामा पुगेको टोली सार्वजनिक गरिएका ‘असंलग्न सहमति’प्रति असन्तुष्ट भएपछि मन्त्रालयभित्रै प्रवेश नगरी बाटोबाटै फर्किएको हो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको स्पष्ट पार्दै, त्यसप्रति असहमति जनाए। “आजको भेटवार्ता नयाँ मन्त्रीसँग औपचारिक […]
पूरा पढ्नुहोस्
शिक्षक महासङ्घलाई वार्तामा आउन शिक्षामन्त्रीले गरे आह्वान
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको भन्दै बार्तामा बोलाएका हुन् । शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको […]
पूरा पढ्नुहोस्
शिक्षकले राज्यले धान्न नसक्ने र संविधान विपरीत हुने मागहरू गर्नुभयो : सभामुख घिमिरे
काठमाडौं, ३ बैशाख । सभामुख देवराज घिमिरेले शिक्षकहरूले राज्यले धान्न नसक्ने र संविधान विपरीत हुने मागहरू गर्न नहुने बताएका छन् । आन्दोलनमा रहेका शिक्षकहरूका माग अस्पष्ट रहेको भन्दै शिक्षकहरूलाई ऐनको अभाव पूर्ति गर्नु सरकार र संसदको कर्तव्य रहेको र सरकारले प्रयत्न गरेको कुरा बुझेर शिक्षकहरूले आन्दोलन फिर्ता लिनुपर्ने उनको भनाई छ । विद्यालय शिक्षा […]
पूरा पढ्नुहोस्







