- १३ जेष्ठ २०८२, सोमबार १९:४३
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग सहमति भएकाे शिक्षा ऐन कार्यान्वयन गर्ने विषयमा सरकारले शिक्षकसँग थप वार्ता गरिरहेकाे बताएका छन्। समितिको बैठकमा बोल्दै मन्त्री पन्तले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकार आर्थिक रूपमा सरकार दबाबमा परेता पनि सहमतिलाई शिक्षा विधेयकमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन्।
विधेयकमा रहेका विभिन्न विषयमा सरकारको धारणा आउनुपर्ने समिति सदस्यहरूले माग गरेपछि शिक्षामन्त्री पन्तले नेपाल शिक्षक महासंघसँग छलफल चलिरहेको बताउँदै एक सातापछि सरकार तयारीका साथ आउने बताए।
उनले भने, ‘तर जसरी भए पनि नौबुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ। शिक्षकका माग सम्बोधन गर्दा सरकारलाई आर्थिक भार पर्ने भएकाले शिक्षा मन्त्रालयले मात्र यसमा निर्णय गर्न नसकेकाे हाे। समितिको बैठकमा उपसमितिले दिएको प्रतिवेदनमाथि छलफल सुरु भइरहेकाे छ।’
मन्त्री पन्तको अनुरोधमा शिक्षा समिति सभापति अम्मरबहादुर थापाले एक सातापछिको बैँठकमा विधेयकका विषयमा सरकारले आफ्नो आधिकारिक धारणा ल्याउन निर्देशन दिएका थिए।
महिनासम्म राजधानीकेन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकसँग सरकारले गत वैशाख १७ गते नौबुँदे सहमति गरेको थियो। आफूहरूसँग भएका सहमति अनुसार शिक्षा ऐन नआए फेरि आन्दोलन गर्ने धम्की शिक्षकले दिइरहेका छन्।










प्रतिकृया दिनुहोस्