- १२ बैशाख २०८२, शुक्रबार १६:४९
काठमाडौं । शिक्षा मन्त्रालयसँगको वार्ताका लागि पुगेका शिक्षक महासंघका प्रतिनिधिहरू मन्त्रालय प्रवेश नगरी फर्किएका छन्। वार्ताको अपेक्षामा पुगेको टोली सार्वजनिक गरिएका ‘असंलग्न सहमति’प्रति असन्तुष्ट भएपछि मन्त्रालयभित्रै प्रवेश नगरी बाटोबाटै फर्किएको हो।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको स्पष्ट पार्दै, त्यसप्रति असहमति जनाए। “आजको भेटवार्ता नयाँ मन्त्रीसँग औपचारिक संवादका लागि तय भएको थियो,” उनले भने, तर केही विशेष कारणले हामी मन्त्रालय नपसी फर्किएको जानकारी गराउँछौं।
शिक्षक आन्दोलन पछिल्ला दिनहरूमा चर्कँदै गइरहेको अवस्थामा वार्ता प्रक्रियामै शंका उठ्नु सरकार र आन्दोलनरत पक्षबीचको दूरी अझ बढ्ने संकेतका रूपमा हेरिएको छ। मन्त्रालय र शिक्षक महासंघबीचको संवाद फेरि कहिले र कसरी सुरु हुन्छ भन्ने विषय अब फेरि अनिश्चित बनेको छ।










प्रतिकृया दिनुहोस्