Tag: त्रिभुवन विश्वविद्यालय
त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुस् नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह विविएस दाेश्राे वर्षको नतिजा सार्वजनिक गरिएको हाे । त्रिविले वैशाख महिनामा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फकाे नतिजा सार्वजनिक गरिएको छ । http://result.tuexam.edu.np
पूरा पढ्नुहोस्
अध्ययन बिदाबाट नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र कारबाही गरिने
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही गर्ने भएको छ । रेक्टर खड्ग केसीको कार्यकक्षमा धर्नामा बसेका पाँच विद्यार्थी संगठनसँग नफर्किने प्राध्याकपलाई कारबाही गर्ने सहमति भएको हो । ‘अध्ययन बिदामा गएर नफर्किने शिक्षकको उक्त अवधिको सेवा, सुविधा, तलब एकिन विवरण दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको […]
पूरा पढ्नुहोस्
भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थप
भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थप गरिएको छ। त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको हो । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल ‘१५ मिनेट परीक्षाको समय थप गर्न सबै […]
पूरा पढ्नुहोस्
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र
पुष २१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। विगत केही वर्ष अघि विद्यार्थीहरूले अंग्रेजी भाषामा प्रश्न पत्र आउँदा नबुझिएको गुनासो पोखेकोले र परीक्षा नतिजा […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको आज ५० औँ दीक्षान्त समारोह, १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित हुँदै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ । समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदै छन् । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । गत वर्षभन्दा यस पटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुने छन् […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तेस्रो वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहीत)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले गत असारमा लिएको ३ वर्षे B.A. तेस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको हाे । नतिजा यसरी हेर्नुस्
पूरा पढ्नुहोस्
कीर्तिपुरको फोहोर सफा गर्न स्ववियुले बोलायो क्यान
त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)का कारण भएको फोहोर सफा गर्न नेपाल क्रिकेट संघ (क्यान) लगायत सरोकारवालालाई बोलाएको छ । सोमबार त्रिविको केन्द्रीय क्याम्पस स्ववियुले सार्वजनिक सूचना निकालेर नेपाल क्रिकेट संघ (क्यान)लगायतका सरोकारवालाई विश्वविद्यालय परिसरभित्रको फोहोर सफा गर्न अपिल गरेको हो । स्ववियु सभापति श्यामराज ओझाले सूचना जारी गर्दै भनेका छन्, […]
पूरा पढ्नुहोस्
त्रिविको दीक्षान्तमा पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीको नामावली प्रकाशित
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ । यही पुस १३ गते शनिबारका दिन आयोजना गरिने त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा त्रि.वि. बाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली निम्नानुसार प्रकाशित […]
पूरा पढ्नुहोस्
त्रिविका ८ संकायमा डीन नियुक्त
त्रिभुवन विश्वविद्यालयले ८ संकायमा डीन नियुक्त गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो । मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायको डीनमा […]
पूरा पढ्नुहोस्
डीन र क्याम्पस प्रमुखकाे नियुक्ति मेरिटोक्रेसीका आधारमा गर्न खोज्दा प्रधानमन्त्रीले हस्तक्षेप गरेकाे त्रिवि सदस्यहरूकाे आराेप
त्रिभुवन विश्वविद्यालयको साधारणसभा (नीति अधिवेशन) सम्पन्न भएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको सभामा कुलपति र उपकुलपतिमाथि विभिन्न खालका आरोप लागे । ओलीले विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको आरोप खेपे भने उपकुलपति प्राडा केशरजंग बरालले ‘दुई नम्बरे उपकुलपति’ को आरोप खेपे । साधारणसभामा सदस्यहरूले डीन र क्याम्पस प्रमुखको नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप […]
पूरा पढ्नुहोस्







