उपत्यका
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने बोर्डकाे तयारी
काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो। तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो। ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन […]
पूरा पढ्नुहोस्
त्रिविमा तोडफोड गर्ने जोसुकै भएपनि उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने जोसुकै भएपनी उन्मुक्ति नपाउने बताउनुभएको छ। विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा यस्तो बताउनुभएको हो। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले जोसुकै भएपनी उन्मुक्ति पाउन नहुने भन्दै कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई लेखकलाई ध्यानाकर्षण गराएको जानकारी गराउनुभएको छ। विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा खड्ग केसीले […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयसँग २७ बुँदे सहमति भएको हो, सबै कुरा सार्वजनिक छैन : अध्यक्ष सुवेदी
काठमाडौँ- नेपाल शिक्षक महासंघ र सरकारबीच गत वैशाख १७ गते नौबुँदे सहमति हुँदै यही असार १५ गते विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गर्ने सहमति भएको थियो। तर सो सहमतिलाई समयमै कार्यान्वयन गरिनेमा शिक्षक संघसंगठनहरूले आशंका व्यक्त गरेका छन्। नेपाल शिक्षक संघको २४ औँ संघीय प्रतिनिधिसभामा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक विषयमा […]
पूरा पढ्नुहोस्एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
काठमाडौं, २ असार । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र […]
पूरा पढ्नुहोस्
पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौं — नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ। नयाँ समायोजन अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर रु १५७.५०, दोस्रो वर्गमा रु १५९ र तेस्रो वर्गमा रु १६० पुगेको छ। निगमले बढेको मूल्य आज रातिबाट लागू हुने जनाएको छ। यो मूल्य समायोजन इण्डियन आयल कर्पोरेशनबाट १५ जुनमा प्राप्त नयाँ […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने
काठमाडौँ, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उहाँले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताउनुभयो । मन्त्री पन्तले भन्नुभयो, “माध्यमिक तहसम्मको […]
पूरा पढ्नुहोस्
तालिका भन्दा केही दिनपछि एसईईको नतिजा प्रकाशन गर्ने बोर्डकाे तयारी
जेठ ३०, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशनमा केही दिन ढिलाई हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा २० दिन ढिला हुँदा नतिजा प्रकाशन केही दिन ढिला हुने जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईईका उत्तरपुस्तिका २० दिन ढिला गरी जाँच गर्न थालिएकोले नतिजा […]
पूरा पढ्नुहोस्
मुन्दुम पदमार्गलाई तपोभूमिका रूपमा विकास गर्ने योजना
सङ्घीय सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। पूर्वी नेपालको सुन्दर र शान्त क्षेत्र भएकाले यसलाई तपोभूमिका रूपमा अघि बढाउने योजना बनाइएको हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण मुन्दुम पदमार्गलाई पर्यटकीय, योग, ध्यान, अनुसन्धान र तपोभूमिको केन्द्र बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले […]
पूरा पढ्नुहोस्
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित, यी हुन् पदाधिकारीमा जित्ने नेता
काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुको २४औं महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बिहीबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पराजित गर्दै डा कडरिया अध्यक्ष निर्वाचित भएका हुन्। डा. कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत ल्याएका थिए। त्यसैगरी पदाधिकारीमा अधिकांश डा. कडरिया प्यानलकै निर्वाचित भएका […]
पूरा पढ्नुहोस्
एयर इन्डिया जहाज दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन
काठमाडौँ । एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् । रुपाणी पत्नी र छोरीलाई भेट्न लन्डन जाँदै थिए । भारतीय जनता पार्टी(भाजपा) का वरिष्ठ नेता सुनील […]
पूरा पढ्नुहोस्







