- ३१ जेष्ठ २०८२, शुक्रबार १६:३०
जेठ ३०, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता प्रकाशनमा केही दिन ढिलाई हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा २० दिन ढिला हुँदा नतिजा प्रकाशन केही दिन ढिला हुने जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले एसईईका उत्तरपुस्तिका २० दिन ढिला गरी जाँच गर्न थालिएकोले नतिजा प्रकाशनमा असर परेको बताए । उनले अहिलेसम्म उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा इन्ट्रि गर्ने काम भईरहेको र त्यो काम पनि सकिन लागेको बताउँदै बोर्डले सार्वजनिक गरेको तालिका भन्दा केही दिनपछि मात्रै नतिजा प्रकाशन गरिने बताए ।
उनले भने ‘सकेसम्म धेरै ढिला नगरि नतिजा प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ । अहिले कम्प्युटरमा इन्ट्रि गर्ने काम गरिरहेका छौँ । त्यो पनि सकिन लागेको छ । बोर्डले असार ७ गते नतिजा प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर त्यो समयमा नतिजा प्रकाशन गर्न नसकेपनि धेरै ढिला हुँदैन, सकेसम्म छिटै नतिजा प्रकाशन गर्ने गरी काम भईरहेको छ ।’
उत्तरपुस्तिका २० दिन ढिला गरेर परीक्षण गरेपनि नतिजा प्रकाशन गर्न त्यतिनै दिन नलाग्ने र तालिका भन्दा थोरै दिन पछि मात्रै प्रकाशन गर्ने तयारी गरिरहेको उनको भनाई छ ।










प्रतिकृया दिनुहोस्