उपत्यका
काठमाडौं महानगरपालिकाले बढायो दिवा खाजा वापतकाे रकम
असार २१, काठमाडौं । काठमाडौं महानगरले दिवा खाजाको रकम १० रुपैयाँ बढाएर २५ रुपैयाँ पुर्याउने भएको छ । चालू आर्थिक वर्षका लागि शिक्षामा २२ करोड बजेट छुट्याएको महानगरले आगामी आर्थिक वर्षका लागि ७० करोड बजेट छुट्याएको छ ।
पूरा पढ्नुहोस्
वाग्मती प्रदेश लेखा समितिकाे आयोजना स्थानीय तहमा लेखा समिति गठन र बेरूजु न्युनिकरण सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न ।
असार २०, ललितपुर । वागमती प्रदेश सभा सार्वजनिक लेखा समितिद्वारा स्थानीय जनप्रतिनिधिहरू बिच सार्वजनिक लेख समितिकाे गठन र बेरूजु न्युनीकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तहमा हुने लेखा समिति गठन र वेरूजु न्युनिकरण गर्ने । त्यस विषयमा सजग गराउने र आगामी दिनमा बेरूजुलाई शुन्यमा ल्याउने […]
पूरा पढ्नुहोस्
काठमाडौँका स्थानीयले चिन्न नसकेको क्षेत्रपाटीको नमुना कन्या मन्दिर विद्यालय
असार १७, काठमाडौँ । कृष्ण हुमागाई , देशको अधिकांश सामुदायीक र सरकारी विद्यलयहरुको शैक्षिक गुणस्तर खस्कदै गईरहेको अवस्थामा देशका केही प्रमुख शहरका सामुदायिक विद्यालयहरु भने नमुना विद्यालयको रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्देै आईरहेका छन् । त्यही नमुना विद्यालय मध्य एक विद्यालय हो काठमाडौँको व्यस्त शहरको मुटु क्षेत्रपाटीमा रहेको कन्या मन्दिर माध्यमिक विद्यालय जहाँ ९ सयभन्दा […]
पूरा पढ्नुहोस्
जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिल झा लाई अखिल (क्रान्तिकारी)ले दले कालो मोसो
असार,१७ काठमाडौ । जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिल कुमार झा लाई पुस्तक छपाइमा लापरबाही गरेको भन्दै विद्यार्थीहरुले कालो मोसे दलेका छन। अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको ब्यानर मा कालोमोसो दलिएको हो। विद्यार्थीहरुले देशैभरी सरकारी बिद्यालयमा पाठ्यपुस्तकको चरम किर्तिम अभाव गरेको भन्दै कालो मोसो दलिएको बताइएको छ। विद्यार्थीहरुले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार […]
पूरा पढ्नुहोस्
पेट्रोलियमको मूल्य घटाउन सरकारीस्तरबाट तयारी हुँदै
असार १७, काठमाडौं । पेट्रोलियम पदार्थको लागत मूल्य घटाउन सरकारीस्तरबाटै भारतसँग वार्ता गरिने भएको छ। अहिले भारतले रसियाबाट सस्तोमा तेल किनेकाले हामीलाई दिने लागत मूल्य घटाउन प्रधानमन्त्रीस्तरबाटै भारतीय सरकारसँग फलफल गरिने भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ। ‘भारतले रसियाबाट किन्ने तेलको परिमाण बढिरहेको छ, भाउ पनि कम छ। त्यसैले हामीलाई प्रतिलिटर दस रूपैयाँ घटाउन सरकारले आग्रह गर्ने […]
पूरा पढ्नुहोस्
त्रिवेणी चाेककाे हिलाम्मे सडक निर्माणका लागि उपभोक्त समिति र जनप्रतिनिधिहरू बिच छलफल
असार १७, काठमाडौं । खरिबाेट त्रिवेणी चाेक सहिद पार्क उपभोक्त समितिद्वारा तीन वटै नगरपालिकाकाे संगम त्रिवेणी चाेक क्षेत्रकाे बाटाेमा भएको समस्या समाधानका लागि तीनै तहका जनप्रतिनिधिहरू सँग वृहत् छलफल गरी स्थानीय , प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ । काठमाडौं महानगर, गाेकर्णेश्वर र बुढानिलकण्ठ नगरकाे सिमानमा रहेकाे त्रिवेणी चाेककाे सडक हरेक बर्ष बर्षाकाे समयमा […]
पूरा पढ्नुहोस्
शैक्षिक उद्यमशिलता विषयक सम्मेलन सम्पन्न
असार १६, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन, एजुकेशनल लिडरशिप डिपार्टमेन्ट अन्तर्गत एमएड इन लिडरशिप एण्ड म्यानेजमेन्ट एक वर्षे र दुई वर्षे विद्यार्थीहरुद्वारा शैक्षिक उद्यमशिलता सम्बन्धी तीन दिने “आइडीयापिचिङ्ग” नामक सम्मेलन सम्पन्न भएको छ । विभिन्न १० क्षेत्रका विशेषज्ञहरु सम्मिलित उक्त प्रतिस्पर्धात्मक सम्मेलनमा सम्पूर्ण विद्यार्थीहरु शिक्षा क्षेत्रमा उद्यमशिलताका नविन परियोजनाहरुको प्रस्तुतिकरण गरिएको थियो । […]
पूरा पढ्नुहोस्
अबदेखि काठमाडौंकाे सडकपेटिमा खानेकुरा बेच्न प्रतिबन्ध
असार १४, काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ। हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको जनाएको छ। पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो। आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने भन्दै महानगरपालिकाले चेतावनी दिएको […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगरपालिकामा स्कुल फाउन्डेसनको तिन दिने “थिंक पोजिटिभ ग्लोबल क्याम्पेन”
असार ११, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा स्कुल फाउन्डेसनको थिंक पोजिटिभ ग्लोबल क्याम्पेन सुरु भएको छ।असार १०,११ र १२ गते बुढानिलकण्ठ नगरपालिकाका तिन स्थानमा हुने सो अभियानमा विभिन्न विषयहरुमा प्रस्तुतीकरण दिइने छ। सभ्य सृजना प्रा.लि.को प्रस्तुति र स्कुल फाउण्डेशनको आयोजना रहेको ` थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र […]
पूरा पढ्नुहोस्
तारकेश्वर नगरपालीकाको बजेट २ अर्ब ६ करोड
असार ११, काठमाण्डौ । तारकेश्वर नगरपालीकाले आर्थिक बर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट पेश सार्वजनीक गरेको छ । तारकेश्वरका मेयर कृष्णहरी महर्जनले आज नगरपालीकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा आगामी आर्थीक बर्षका लागि २ अर्ब ६ करोड ४६ लाख १४ हजार रुपयाँको बजेट प्रस्तुत गर्नुभयो । जस अनुसार पुँजीगत तर्फ १ अर्ब ३८ करोड […]
पूरा पढ्नुहोस्







