- १७ असार २०७९, शुक्रबार २१:०५
असार १७, काठमाडौँ । कृष्ण हुमागाई , देशको अधिकांश सामुदायीक र सरकारी विद्यलयहरुको शैक्षिक गुणस्तर खस्कदै गईरहेको अवस्थामा देशका केही प्रमुख शहरका सामुदायिक विद्यालयहरु भने नमुना विद्यालयको रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्देै आईरहेका छन् । त्यही नमुना विद्यालय मध्य एक विद्यालय हो काठमाडौँको व्यस्त शहरको मुटु क्षेत्रपाटीमा रहेको कन्या मन्दिर माध्यमिक विद्यालय जहाँ ९ सयभन्दा बढि छात्राशरु अध्ययन गर्दछन् । पूर्वदेखि पश्चिम र हिमाल देखि तराइसम्मका बालिकाहरू पढने कन्या मन्दिरमा कक्षा नसर्रीदेखि १२ सम्मका छात्राहरुले व्यवहारिक र गुणस्तरीय शिक्षा लिइरहेका छन् ।

विं सं २००३ सालमा स्थानिय व्यक्तिहरूको पहलमा निमार्ण भएको सामुदायीक विद्यालय स्थापना कालदेखि नै बालिकाहरूलाई मात्र अध्ययन अध्यापन गराउँदै आइरहेको छ । स्थापना कालदेखि नै असल र कुशल नेतृत्व पाएर संञ्चालन भएको कन्या मन्दिर माध्यमिक विद्यालय आज ७५ वर्ष पार गरी नर्सरीदेखि कक्षा १२ सम्मका बालिकाहरूलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गरी क्भ्भ् मा शत प्रतिशत नतिजा निकाल्न सफल भई रहेको कन्या मन्दिरका प्रधानाध्यापक घनश्याम न्यौपानेले जानकारी दिए ।
निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको देश कै एक मात्र छात्राहरुलाई पढाउने कन्या मन्दिर विद्यालय आधुनिक सुविधायुक्त भवन सहित २७ रोपनीमा पैmलिएको छ । आधुनिक भवन सँगै सुविधायुक्त कक्षा कोठाहरु, कम्प्युटर ल्याब, साइन्सका लागि बायो ल्याब, केमेस्ट्री ल्याब, साना साना बालिकाहरूको लागि खेलौना सहितको मन्टेश्वरी कक्षा, अन्य खेलकुद का सामाग्रीहरू, भलिबल तथा टेवलटेनिस, व्याटमिन्टन र नियमित नित्य अभ्यासका कक्षााहरू पनि संञ्चालन गर्ने गरेका छन् ।

झट् हेर्दा काठमाडौँका नाम चलेको रातो बंगला, सेतो बंगला जस्तो लाग्ने त्यो सामुदायिक नमुना विद्यालय पढाईको गुणस्तर, अन्य भौतिक सुविधा, अतिरिक्त क्रियाकलाप र नतिजामा पनि अब्बल र महिनामा ५० हजार लिएर गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ भन्ने महँगा निजी विद्यालय भन्दा कमी छैन ।
कन्या मन्दिरमा नर्सरी देखि कक्षा ५सम्म एउटा मात्र सेसन संञ्चालन गरेका छन् भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई भइरहेको छ । साथै नेपाली र अंग्रेजी माध्यमका विद्यार्थीलाई सेक्स ब् अंग्रेजी र सेक्सन द्य नेपाली भनेर नराम्रो अनुभूति नहोस् भनी हिमालको नाममा सेक्सन छुट्याएको छ । त्यसैगरी कन्या मन्दिरमा भर्ना हुनका लागि पहिला प्रवेश परिक्षा लिनुपर्ने र प्रवेश परिक्षा पास गरेपछि मात्र भर्ना हुन पाउने व्यवस्था रहेको विद्यालयले प्रशासनले जनाएको छ ।

कडा अनुशासन सँगै नैतिकताको कुराहरू सिकाउनका लागि हरेक शुक्रबार अलग अलग कार्यक्रमहरू वादविवाद, हस्तलेखन प्रतियोगिता, हाजिरी जवाफ, नृत्य कक्षाहरू अलग अलग चाड पर्व विशेषका कार्यक्रम संञ्चालनको साथ साथै विभिन्न किसिमको खेलकुद, योग अभ्यास जस्ता अतिरिक्त क्रियाकलापहरूको माध्यमबाट विद्यार्थीहरूलाई पढ्नका लागि सकारात्मक वातावरण प्रदान गर्ने गरेको स्कुलका प्राध्यापकले बताए ।
उनका अनुसार ’ कन्या मन्दिरले किताबमा भएको पाठहरुलाई व्यबहारिक रुपमा पनि अभ्यास गरेरै सिकाउने गरेको र त्यही सिकाएकै कारणले विद्याथीहरु पढनमा पनि अत्यन्तै टाठा रहेका छन् र त्यस विद्यालयमा पढेका विद्यार्थीहरु आज देशको हरेक क्षेत्र न्यायलय, सरकारी कार्यालयहरुमा, मन्त्रालयमा, विश्वविद्यालयहरुमा, राजनीतिमा कति विद्यार्थीहरु त अहिले गाँउ पालिकाको अध्यक्ष र वडा अध्यक्ष समेत भएर काम गरिरहेको साथै पूर्व प्रधानमन्त्रि डा.बाबुराम भट्टराईको श्रीमती हिसिला यामी समेत सानामा त्यही विद्यालयमा पढेको उनले बताए ।

तर काठमाडौँ कै नमुना सामुदायिक विद्यालयको रुपमा परिचित हुँदा पनि काठमाडौका स्थानीय बासिन्दाहरुका बालवालिकाहरु भने जम्मा १० प्रतिशत मात्र पढन आउने गरेको त्यहाँका एक शिक्षकले बताए । त्यस विद्यालयमा अधिकांश बाहीरबाट काठमाडौँमा ज्याला मजदुरी गरेर जिवीको पार्जन गर्ने परिवारका बालबालिकाहरुमा पढन आउने गरेको र विद्यालयमा सरकारले दिएको दिवाखाजा पनि खुवाउन गरेको तर त्यसमा सरकारले प्रति व्यत्ति रु १५ मात्र दिने र विद्यालय प्रशासनले रु २५ थपेर दैनिक प्रतिव्यक्ति रु ४० बराबरको २५० जना बालिकाहरुलाई दिवा खाजा खुवाउदै आइरहेको प्राचार्यले बताए ।

यदी असल र कुशल नेतृत्व हुने हो भने सरकारी र सामुदायीक विद्यालयले देशमा गुणस्तर सहित उत्कृष्ट शिक्षा प्रदान गर्न सक्छ भन्ने उदाहरण काठमाडौँको क्षेत्रपाटीमा रहेको कन्य मन्दिर माध्यामिक विद्यालयले दिएको छ । यसरी नै तीर्नै तहका सरकारको समन्वयमा हरेक क्षेत्रमा नमुना विद्यालय संचालन गर्न र हाल चलिरहेका अधिकांश विद्यालयहरुलाई स्तर उन्नती गरेर नमुना विद्यालयको रुपमा संचालन गर्न सकिन्छ ।










प्रतिकृया दिनुहोस्