शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्को अध्यक्षमा दयाराम भुषाल र महासचिवमा दिनेश कार्की निर्वाचित 

चितवन २ चैत्र ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय  अधिबेशनबाट प्राज्ञिक विद्यार्थी परिषद् नेपालको  राष्ट्रिय अध्यक्षमा डा. दयाराम भुषाल निर्वाचित भएका छन्। यस्तै विद्यार्थी परिषद्को महासचिवमा निवर्तमान राष्ट्रिय सचिव दिनेश कार्की निर्वाचित भएका छन् । नेपालको एक मात्रै स्वतन्त्र  विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशन बागमती प्रदेश चितवन जिल्लाको भरतपुरमा आज […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशनमा प्रदर्शनी उद्घाटन

चितवन ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा प्रदर्शनी परिषद्का राष्ट्रिय उपाध्यक्ष अच्युत पन्त र राष्ट्रिय भजन गायक हिरालाल कण्डेलज्युले उद्घाटन गर्नु भएको छ । आजबाट चितवनमा सुरु भएको अधिवेशनमा परिषद्ले विगतमा गरेका गतिबिधिलाई समेटेर तयार पारेको श्री १००८ स्वामी परमानन्द स्मृती प्रर्दशनी कक्षको उद्घाटन गरिएको हो । प्रर्दशनीमा राष्ट्रका महापुरूषहरूको परिचय सहितको तस्वीरहरू […]

पूरा पढ्नुहोस्

सत्ताको आडमा स्ववियु चुनावमा विद्यार्थी संगठनको अराजकता

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरू अशान्त बन्दै गएका छन् । विशेषगरी सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूको गतिविधिले क्याम्पसमा तोडफोड, अवरोध र झडपका घटना बढेका छन् । तर, यस्ता घटनामा प्रहरी भने निरीह देखिएको छ । शुक्रबार मात्र ताहाचललगायत कलेजमा झडप भएका थिए । ठुला राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरूबिच तनावका कारण विभिन्न क्याम्पसमा निर्वाचन प्रक्रिया नै अन्योलमा परेको […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा छात्रवृत्तिको लागि आवेदन माग

चौत, काठमाडौ । बुढानिलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा छात्रवृत्तिको लागी आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रमका लागि आवेदन माग गरिएको हो । कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधा सहित अध्यापन […]

पूरा पढ्नुहोस्

प्याब्सनको १६औं महाधिवेशन सम्पन्न: नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १६ औं महाधिवेशन सम्पन्न भएको छ। तत्कालीन अध्यक्ष डिके ढुङ्गानाको अध्यक्षतामा गत २६ र २७ गते काठमाडौमा भएको महाधिवेशन सम्पन्न भएको हो। १६औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सपथ ग्रहण पश्चात् बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो […]

पूरा पढ्नुहोस्

काठमाडौंका यी आठ क्याम्पसमा किन अवरोध भयो स्ववियु निर्वाचन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको माहौल तातिएको छ । मंगलबार उम्मेदवारको मनोनयन दर्तासँगै अधिकांश क्याम्पसमा निर्वाचनको माहौल तातिएको हो । तर, केही क्याम्पसमा भने निर्वाचन प्रकियामा अवरोध भएको छ । त्रिविका अनुसार, उपत्यकाका आठवटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रियामा अवरोध भएको छ । तालाबन्दीदेखि संगठनकै आन्तरिक किचलोका कारण यी क्याम्पसमा निर्वाचनमा […]

पूरा पढ्नुहोस्

आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि अनेरास्ववीयु निकटका विद्यार्थीहरुद्धारा आक्रमण

काठमाडौँ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ । स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् । घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले […]

पूरा पढ्नुहोस्

नेविसंघ विवाद: महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएका छन। नेविसंघले आधिकारिक सङ्गठनको देउवा पक्षको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको हो। नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहकाे नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासंघद्वारा एमाले मुख्यालयमा धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ । सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिएका हुन्। यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष […]

पूरा पढ्नुहोस्

प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै

चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी […]

पूरा पढ्नुहोस्