शिक्षा

राष्ट्रिय कविता प्रतियोगितामा चन्द्र सूर्य मावी कालिकोटका किशोर आचार्य प्रथम

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन्। कालिकोट जिल्लाको शुभकालिका–६, हाउडिमा रहेको चन्द्र सूर्य माध्यमिक विद्यालय, कक्षा १० मा अध्ययनरत आचार्यले “न्यायको खोजी” शीर्षकको कविता प्रस्तुत गरेका थिए। देशभरका सातवटै प्रदेशका प्रथम स्थान हासिल गरेका प्रतियोगीबीच भएको अन्तिम प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रस्तुति दिँदै […]

पूरा पढ्नुहोस्

एसईईमा सहभागी हुँदैछन्, ५ लाख १० हजार परीक्षार्थी

काठमाडाैँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्याङ्क निकालिएको हो। परीक्षा फाराम भरे पनि सबै परीक्षार्थी सहभागी भने हुँदैनन्। विगतका वर्षमा पनि यस्तो देखिएको थियो। एसइई आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुँदै […]

पूरा पढ्नुहोस्

मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै पब्लिक युथ क्याम्पसमा अनेरास्ववियू क्रान्तिकारीको तालाबन्दी

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ । निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको हो । यस विषयमा निर्वाचन समितिलाई जानकारी गराउँदा पनि बेवास्ता गरी निर्वाचन प्रक्रिया […]

पूरा पढ्नुहोस्

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनको कार्यतालिका सार्वजनिक

शिक्षा ऐनमा विगतमा सहमति सम्बोधनका लागि नेपाल शिक्षक महासंघले शुरु गरेको आन्दोलनको दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ । महासंघले फागुन २६ गते जारी गरेको विज्ञप्तिमार्फत चैत्र ५ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । महासंघले यस पटकको आन्दोलनमा राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने, साँसदहरुसँग भेट तथा पक्षीकरण गर्ने, काठमाडौंमा रिले अनसन गर्ने आदि […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन : स्वतन्त्र उम्मेद्वारा हर्कले सार्वजनिक गरे चुनावी एजेन्डा

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा सार्वजनिक गरेका हुन् । आरआर क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क […]

पूरा पढ्नुहोस्

महासंघले गर्‍यो शिक्षकप्रति प्रधानमन्त्रीको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध

नेपाल शिक्षक महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षक समुदायलाई लक्षित गरेर दिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिको विरोध गरेको छ। प्रधानमन्त्री ओलीले हालैको एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘यतिबिघ्न शिक्षक छन्। अस्थायीलाई स्थायी गरिदेऊ भनेको छ। करारलाई स्थायी गरिदेऊ भनेका छन्। तनखा बढाउ पुगेन भनेको छ। किन बढाउने तनखा ४८ प्रतिशत पास गर्न? ५२ प्रतिशत फेल […]

पूरा पढ्नुहोस्

प्याब्सनको १६ औं महाधिवेशन : निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि सुनाउनुभयो […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण, भोलि उम्मेदबारी दर्ता

काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी […]

पूरा पढ्नुहोस्

शिक्षा ऐन जारी नभएसम्म दोस्रो चरणको आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं। विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। शनिबार पहिलो चरणको आन्दोलन सकिए लगत्तै आइतबार महासंघको बैठक बसेर […]

पूरा पढ्नुहोस्

डिजिटल शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री ओली

काठमाडाैँ – प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति  केपी शर्मा ओलीले डिजिटल शिक्षा आजको आवश्यकता रहेको बताएका छन्। सुर्खेतमा आयोजित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस बारे बताएका हुन्। जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन, आजको भूमण्डलीकरणको युगमा युग अनुकूलको नागरिक निर्माण गर्न सक्दैन, त्यो […]

पूरा पढ्नुहोस्