Banner

गुणस्तरीय शिक्षाका लागि देशकै उदाहरणीय नगरपालिका बनाउँछौं : नगर प्रमुख कार्की

काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गुणस्तरीय शिक्षाका लागि देशकै उदाहरणीय नगरपालिका बनाउँने बताएका छन् । सोमवार कागेश्वरी-मनोहरा नगरपालिका र रातो बङ्ला स्कुलबिच सार्थक बाल सिकाइ कार्यक्रम सञ्चालनका लागि भएको सम्झौताको अवसरमा नगर प्रमुख कार्कीले सो बताएका हुन् । सोमवार रातो बङ्ला फाउण्डेसनकी अध्यक्ष डा शान्ता दिक्षित र नगर प्रमुख उपेन्द्र कार्कीबिच इसिडी […]

पूरा पढ्नुहोस्

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई सिफारिस गरेको हो। सिफारिस भएका केसी हाल उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि २ वैशाखमा शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो। त्यसैगरी […]

पूरा पढ्नुहोस्

छात्रवृत्तिका लागि आवदेन माग

काठमाडौं, असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२/०८३ मा प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूका लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन माग गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने प्रि–डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा […]

पूरा पढ्नुहोस्

बाढीले रसुवागढी भन्सारका सामानमा क्षति

रसुवागढी  । रसुवागढीमा आएको बाढीका कारण भन्सारमा रहेका मालसामानमा क्षति पुगेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले एकीन विवरण आइनसके पनि केही मालवस्तु र सवारीसाधनमा क्षति पुगेको जानकारी दिए । ‘रसुवागढीबाट बर्खाको समयमा कम मालसामान आयात हुने हुनाले धेरै थिएन’ उनले भने ‘तर जति थियो, त्यसमा क्षति पुगेको छ ।’ मितेरी पुललगायत रसुवागढीको भन्सार […]

पूरा पढ्नुहोस्

जसपा नेता यादवको आपत्तिजनक अभिव्यक्ति– ‘तराईलाई नेपालबाट अलग गर्छौँ’

काठमाडौं । असोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले राष्ट्रिय स्वाधिनतामा खलल पुग्ने अभिव्यक्ति दिएका छन् । पूर्व सांसद एवं जसपा मधेश प्रदेशका सभापति समेत रहेका यादवले तराईलाई नेपालबाट अलग गर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । उनीमाथि अदालतबाट पक्राउपुर्जी जारी भइसकेको छ । केहीदिन अघि उनलाई पक्राउ गर्न गएको डीएसपीको टोलीमाथि […]

पूरा पढ्नुहोस्

आपचौर भजन समूहलाई सेवा र विकासद्वारा सम्मान तथा पाेशाक वितरण

गुल्मी – सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विगत २१ वर्षदेखि सक्रिय आपचौर भजन समूहलाई हरीस्यनी एकादशीको विशेष अवसर पारेर सम्मान तथा पोशाक वितरण गरिएको छ। कार्यक्रममा समूहका सबै सदस्यहरूलाई आवश्यक केही थान पोशाक वितरण गरिनुको साथै, उनीहरूलाई औपचारिक सम्मानसमेत प्रदान गरिएको हो। सेवा र विकासका लागि युवाको समन्वयमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष पारस खरेलको अध्यक्षतामा […]

पूरा पढ्नुहोस्

शिक्षामा सकारात्मक रूपान्तरण ल्याउन लिडरसिप सम्बन्धी प्रशिक्षण

काठमाडौँ २२ असार । निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० बुढानीलकण्ठ र इम्पेरियल वल्र्ड स्कुलको सहकार्यमा लिडरसिप एण्ड स्कुल कल्चर सम्बन्धी एकदिवसीय विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । विद्यालयका नेतृत्व, शिक्षक तथा विद्यालय प्रशासकहरूको क्षमता विकास गर्ने उदेश्यले इम्पेरियल वल्र्ड स्कुलमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमले शिक्षकको नेतृत्व विकास तथा विद्यालयको संस्कृतिमा सकारात्मक […]

पूरा पढ्नुहोस्

सेवा र विकासका लागि युवाद्वारा : गोकर्ण माविकी छात्रा तारादेवी तामाङलाई छात्रवृत्ति वितरण

काठमाडौं, असार । “सेवा र विकासका लागि युवाको समन्वय”मा गाेकर्ण मा.विका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।  ओरेगन नेपाली समाज, अमेरिका‌को आर्थिक सहयोगमा काठमाडौंको गोकर्ण माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रा सुश्री तारादेवी तामाङलाई छात्रवृत्ति वितरण गरिएको हाे। एक विशेष कार्यक्रमका बीच सम्पन्न छात्रवृत्ति वितरण समारोहले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका प्रतिभावान विद्यार्थीलाई शिक्षामा निरन्तरता […]

पूरा पढ्नुहोस्

काठमाडौंका २१ सामुदायिक विद्यालयको शतप्रतिशत सफलता : एसईई २०८१ मा उत्कृष्ट नतिजा

काठमाडौं, असार २० । काठमाडौं जिल्लाका २१ वटा सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता हासिल गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंले सार्वजनिक गरेको विवरण अनुसार ती विद्यालयबाट परीक्षामा सहभागी भएका सबै विद्यार्थी उत्तीर्ण भएका हुन् । सामुदायिक विद्यालयप्रति रहेको आम धारणा बदल्न यी विद्यालयहरूको सफलता महत्वपूर्ण मानिएको छ […]

पूरा पढ्नुहोस्

अस्थायी, राहत र ईसीडी शिक्षकको सम्मानजनक व्यवस्थासहित शिक्षा ऐन तत्काल जारी गर्न नेविसंघको माग

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लामो समयदेखि बहसमा रहेको विद्यालय शिक्षा विधेयक-२०८० लाई तत्काल ऐनका रूपमा जारी गर्न सरकारसँग माग गरेको छ। संघले विशेषतः राहत शिक्षक, अस्थायी शिक्षक तथा बाल विकास सहजकर्ताहरूको हकहित संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै नेविसंघले शिक्षा मन्त्रालय, संसदीय समिति र नेपाली कांग्रेस संसदीय दललाई पटकपटक ध्यानाकर्षण गराउँदै […]

पूरा पढ्नुहोस्