- २४ असार २०८२, मंगलवार १२:४६
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्याललाई सिफारिस गरेको हो।
सिफारिस भएका केसी हाल उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि २ वैशाखमा शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
त्यसैगरी विनिल अर्याल विज्ञान तथा प्रविधि संकायका पूर्व डिन हुन्। दिपक अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्। अब तीन जनाबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्ने छन्।
ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए। उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो।










प्रतिकृया दिनुहोस्