शिक्षक

विद्यालय शिक्षा ऐन जारी गर्न नसके पद छाड्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष

शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्। नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन्। ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, […]

पूरा पढ्नुहोस्

शिक्षकहरूले गरे चरणबद्ध आन्दोलनको घोषणा

नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघले आन्दोलनको घोषणा गरेको हो । माघ २० गते सबै शिक्षककर्मचारीले फेसबुक वालमा हिउँदे अधिवेसनवाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ । पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र […]

पूरा पढ्नुहोस्

शिक्षक निवृत्तिभरणसम्बन्धी अध्यादेशप्रति महासंघको आपत्ति, देशव्यापी आन्दोलन तयारी सुरु

काठमाडौँ- सरकारले सोमबार (पुस २९ गते) जारी गरेको शिक्षक निवृत्तिभरण ऐनसम्बन्धी अध्यादेशप्रति नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आपत्ति जनाएको छ। सरकारले महासंघसँग पटकपटक गरेका सहमति/सम्झौता विपरीत अध्यादेशमार्फत निवृत्तिभरणको व्यवस्था गरेकोमा आपत्ति जनाइएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै तत्कालीन ऐन, नियमअनुसार नियुक्त कुनै पनि पेसाकर्मीले निरन्तर पाइआएको सुविधामा नकारात्मक असर पर्ने गरी […]

पूरा पढ्नुहोस्

शिक्षक-कर्मचारीको दोस्रो त्रैमासिक तलबभत्ता निकासा

तनहुँ- भानु नगरपालिकाले नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको दोस्रो त्रैमासिक तलबभत्ता निकासा गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि सरकारको तलबभत्ता खाने सम्पूर्ण शिक्षक-कर्मचारीको मासिक तलबभत्ता नगरपालिकाबाट सिधै सम्बन्धित शिक्षकको व्यक्तिगत बैंक खातामा ट्रान्सफर गर्ने (ईएफटी) भुक्तानी गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ। सोको लागि आवश्यक पर्ने वैयक्तिक विवरण तयार गरी सम्बन्धित बैंकबाट खाता […]

पूरा पढ्नुहोस्

उच्चस्तरीय शिक्षक दरबन्दी पुनरावलोकन कार्यदलकाे काम सुरु

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदल आफ्नो काम सुरु गरेको जनाएको छ। पूर्व शिक्षा सचिव दिपेन्द्र विक्रम थापाको संयोजकत्वमा गठित ५ सदस्यीय उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलमा डा तुलसीप्रसाद थपलिया, अम्विका प्रसाद रेग्मी, रामप्रसाद सुवेदी, उपमहानिर्देशक, शिक्षा तथा मानवश्रोत विकास केन्द्र सदस्य सचिव रहेका छन्। कार्यदलमा काम गर्ने गरी मन्त्रालयका सूचना प्रविधि निर्देशक […]

पूरा पढ्नुहोस्

दार्चुलामा शिक्षककाे अभाव हुँदा पठनपाठन अवरुद्ध

सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव हुँदा पठनपाठन अवरुद्ध भएको छ। शिक्षक पदपूर्तिका लागि विद्यालयले पटकपटक विज्ञापन खुलाए पनि आवेदन नपरेपछि पठनपाठनमा समस्या उत्पन्न भएको हो। दार्चुला केदारेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक तीर्थराज विष्ट दुर्गम क्षेत्रका विद्यालय विषयगत शिक्षक अभावबाट गुज्रिरहेको बताउँछन्। विज्ञान शिक्षकका लागि मंसिर २ गते आइतबार आठौँपटक विज्ञापन खुलाएका विष्ट भन्छन्, ‘दार्चुला आफैँमा विकट जिल्ला […]

पूरा पढ्नुहोस्

मकवानपुरका शिक्षकमाथि सिन्धुलीमा गोली प्रहार, गोली बंगारामा अड्कियो

कार्तिक २५, काठमाडौं । मकवानपुरका एक शिक्षकमाथि गोली प्रहार भएको छ । मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका प्रेमबहादुर बम्जनमाथि घर फर्कने क्रममा ३ जनाको अज्ञात समूहले गोली प्रहार गरेको हो । आक्रमणकारीले बम्जनलाई सिन्धुलीको हरिहरिपुरगढी गाउँपालिका–६, स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा उनीमाथि गोली प्रहार गरेका हुन् । मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा […]

पूरा पढ्नुहोस्

दरबन्दी नपाएपछि शिक्षक अभाव

तुलसीपुर उपमहानगरपालिका-१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार हाल माविका लागि एकजना राहत र एकजना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ। ‘हामीले व्यवस्थापन संकाय चलाएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ। एक राहत र […]

पूरा पढ्नुहोस्

अखिल क्रान्तिकारीमा प्रचण्डपक्ष र शर्मा पक्षबीच कडा प्रतिस्पर्धा

काठमाडौँ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षधर उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेतालाई गुटबन्दी नगर्न निर्देशन दिए पनि गुटगत प्रतिस्पर्धा हुन लागेको हो । संस्थापन पक्षले बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोग लागेका दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन चाहेको छ । संस्थापन […]

पूरा पढ्नुहोस्

विद्यालय तहदेखि उच्च शिक्षासम्म तीन वटै सरकारको समन्वय आवश्यक छ : शिक्षा मन्त्री

  काठमाडौं, २ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय तहदेखि उच्च शिक्षासम्म गुणस्तरीय शिक्षक, विद्यालय, शैक्षिक सामग्री र वातावरणको व्यवस्था गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार बीच समन्वय, साझेदारी र सहकार्य आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा शभकामना सन्दैश दिँदै गुणस्तरीय शिक्षाले देशमा ज्ञान, सीप, दक्षता […]

पूरा पढ्नुहोस्