- १२ मंसिर २०८१, बुधबार १५:४६
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदल आफ्नो काम सुरु गरेको जनाएको छ। पूर्व शिक्षा सचिव दिपेन्द्र विक्रम थापाको संयोजकत्वमा गठित ५ सदस्यीय उच्चस्तरीय दरबन्दी पुनरावलोकन कार्यदलमा डा तुलसीप्रसाद थपलिया, अम्विका प्रसाद रेग्मी, रामप्रसाद सुवेदी, उपमहानिर्देशक, शिक्षा तथा मानवश्रोत विकास केन्द्र सदस्य सचिव रहेका छन्।
कार्यदलमा काम गर्ने गरी मन्त्रालयका सूचना प्रविधि निर्देशक शालिना गोल र शैक्षिक गुणस्तर परीक्षण केन्द्रका पवनमिझारलाई तोकिएको छ।
कार्यदलले २०७५ सालको कार्यदलको प्रतिवेदनलाई मुख्य आधार मानी जनसंख्या, विद्यालयस्तरीय शैक्षिक तथ्याङ्क, विगतको शिक्षक विद्यार्थी अनुपात तथा भौगोलिक अवस्था आदिलाई ध्यान दिई वैज्ञानिक आधारमा प्रतिवेदन तयार गर्न मन्त्रालयले कार्यदललाई सुझाव दिएको छ।
कार्यदलले प्रतिवेदन तयार गर्दा जनसंख्या तथा बसाइसराईको अवस्थालाई ध्यान दिँदै शिक्षाका सरोकारवालाहरु खासगरी विद्यालय व्यवस्थापन समिति, गाउँपालिका र नगरपालिका महासंघका साथै स्थानीय तहका पदाधिकारीहरूसँग समेत राय सल्लाह लिइ निष्कर्ष निकाल्ने कार्यदलका एक सदस्यले जानकार दिएका छन्।










प्रतिकृया दिनुहोस्