विद्यालय

श्री सिंहदेवी मावि भाेजपुरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भोजपुर, भाद्र २२ । सेवा र विकासका लागि युवाद्वारा आयोजित तथा प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा भोजपुर नगरपालिका–१ भामराङ्गमा अवस्थित श्री सिंहदेवी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। शैक्षिक सहयोगमार्फत विद्यार्थीहरूको पठनपाठनमा थप सहजता पुर्‍याउने उद्देश्यसहित आयोजित कार्यक्रममा  विद्यार्थीहरूलाई विद्यालय झोला, कापी, कलम, ज्यामिति बक्स लगायतका शैक्षिक सामग्री वितरण गरियो। समारोहमा प्राज्ञिक विद्यार्थी […]

पूरा पढ्नुहोस्

शितला मा.वि. र जापानको विद्यालय वीच भगिनि सम्वन्ध विस्तार

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुहाइट स्थित शितला मा.वि.ले जापानको विद्यालय TONDABAYASHI JUNIOR & SENIOR HIGH SCHOOL, Kanigawa-Osaka Japan सँग भगिनी सम्वन्ध स्थापना गरेको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ । विद्यालयकी कक्षा ९ की छात्रा करिना रेग्मीले जापानी भाषामा अतिथि पाहुनाहरूलाई स्वागत गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ र […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकियो

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकिएको छ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएको हो। छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

पूरा पढ्नुहोस्

भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए । […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्  भने  ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्। गत वैशाखमा सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका थिए।

पूरा पढ्नुहोस्

हिमालय कलेजमा कक्षा ११ का नव विद्यार्थीहरूका लागि भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं, कोटेश्वर । संस्कारयुक्त शिक्षा भन्ने मूल मन्त्रका साथ विगत २५ वर्षदेखि उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्दै आएको हिमालय कलेजले आइतबार कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि एक दिने भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रारम्भमा कलेजकी निर्देशक सङ्गीता सिलवालले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै, जुनसुकै विषय अध्ययन गरे पनि असल, सक्षम र […]

पूरा पढ्नुहोस्

मोर्गन इन्टरनेशनल स्कुलमा अनुगमन, गुण्डा शैलिमा मिडिया बोकेर अनुगमनमा आएको प्राचार्यको भनाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । बिहिबार महानगरपालिका भित्रका विभिन्न विभागहरुले गरेको संयुक्त अनुगमन टोलीले उक्त स्कुलमा अनुगमन गरेको हो। शिक्षा विभागमा प्राप्त उजुरीहरूको आधारमा गरिएको उक्त अनुगमनले विद्यालयमा अनियमितताहरू फेला पारेको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताएका छन् काठमाडौं महानगरपालिकाको शहरी योजना आयोग, राजस्व विभाग, कृषि […]

पूरा पढ्नुहोस्

‘उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ शिर्षकमा शैक्षिक गोष्ठी सम्पन्न

काठमाडौं ।  बालाजु शैक्षिक मञ्चले ‘उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ भन्ने शिर्षकमा एक दिवसीय शैक्षिक गोष्ठी (Educational Symposium) बुधबार सम्पन्न गरेको छ। गोष्ठीमा शिक्षा क्षेत्रका विज्ञ तथा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो। गोष्ठीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले अन्तरक्रियात्मक छलफलहरू गरेका थिए। दिगो विकास, महिला अधिकार, शिक्षा प्रणालीमा […]

पूरा पढ्नुहोस्

ज्ञानमन्दिरद्वारा एसईई उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन

काठमाडौँ । महानगरपालिका १६ को बालाजु बोहराटार हाइटमा अवस्थित ज्ञानमन्दिर स्कुलले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन गरेको छ । शनिवार विद्यालयमा भएको एक कार्यक्रममा प्रा.डा. गंगा पाठकको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन गरेको हो। ज्ञानमन्दिरबाट २०८१ सालको एसईई परिक्षामा ३५ जनाले एसईई परिक्षामा सहभागी भई २ जनाले ३.९५ जीपीएसहित १०० प्रतिशत […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकमा अनेरास्ववियुकाे माग २५ प्रतिशत आन्तरिक ७५ प्रतिशत खुला हुनु पर्ने

साउन ०५, काठमाडौं  ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले विद्यालय शिक्षा विधेयक अस्थायी शिक्षकहरूको हकमा ७५ प्रतिशत खुला र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले अहिले भएको सहमति अनुसार ६०/४० को व्यवस्था मान्य नहुँने भन्दै सो कुरा बताएका हुन् । अनेरास्ववियुले आयोजना गरेको शिक्षा […]

पूरा पढ्नुहोस्