- २४ श्रावण २०८२, शुक्रबार ०७:०६
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुहाइट स्थित शितला मा.वि.ले जापानको विद्यालय TONDABAYASHI JUNIOR & SENIOR HIGH SCHOOL, Kanigawa-Osaka Japan सँग भगिनी सम्वन्ध स्थापना गरेको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ ।
विद्यालयकी कक्षा ९ की छात्रा करिना रेग्मीले जापानी भाषामा अतिथि पाहुनाहरूलाई स्वागत गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ र विद्यालयका पूर्व प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शुक्रलाल श्रेष्ठले पनि जापानी भाषामै मन्तव्य राख्नु भएको थियो ।
जापानको उक्त विद्यालय र शितला मा.वि. वीचको भगिनी सम्वन्ध कायम गर्ने कामको समन्वय विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य शिक्षाप्रेमी तथा समाजसेवी प्रतिभा रिजालले गर्नु भएको थियो ।
उहाले भाषा उल्था गर्ने काम गरी कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयले धिमे बाजा, नेपाली भाषा, संस्कृति, संस्कार र परम्परा तथा नेपालको गौरवगाथा जनाउने गीतमा नृत्य समेत प्रदर्शन गरेको थियो भने जापानी विद्यार्थीहरुले समेत साँस्कृतिक कार्यक्रम, नृत्य तथा मन्तव्य दिनुभएको थियो ।
यो सम्झौता मुताविक दुइ विद्यालयवीच शिक्षक विद्यार्थी आदानप्रदान, सुचना सञ्चार विज्ञान प्रविधिको आदान प्रदान, शिक्षण विधि र प्रविधिको आदान प्रदान लगायत शितला माध्यमिक विद्यालयमा गुणस्तरीय तथा अन्तराष्टिय स्तरको शिक्षा दिन विभिन्न कार्यक्रमका अलावा शिक्षकको क्षमता विकास, शिक्षक तालिम गर्ने गराउने विषयहरु समेत समेटिएको छ ।
यसले दुवै विद्यालयहरु वीच सहकार्य, सहअस्तित्व र सहायतका कार्यक्रमहरु सञ्चालन हुनेछन् । दुवै विद्यालय वीचको भगिनी सम्वन्ध स्थापना गर्ने कार्यक्रम प्रथम त्रैमासिक परीक्षा सकिए पश्चात २ बजेबाट विद्यालयमा सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, वि.व्य.स., शिक्षक अभिभावक संघ, लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रम विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठको सभापतित्व र नि.मा.शि. विमला भट्टले सञ्चालन भएको थियो ।










प्रतिकृया दिनुहोस्