विद्यालय

२०८० को एसईईको नतिजा यसरी हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा  १० ओटा वेबसाइट र पाँच संस्थाबाट एसएमएस र आइभीआर बाट प्रकाशन गर्ने भएको छ । बोर्डले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा  see.edusanjal.com सहित अन्य संस्थाबाट सार्वजनिक गर्ने भएको हो । बोर्डलेनेपाल टेलिकमल,स्विफ्ट टेक्नोलोजी प्रालि,जानकी टेक्नोलोजी प्रालि,इजी सर्भिस प्रालि, आकाश […]

पूरा पढ्नुहोस्

नँया प्रणलीले अनुत्तीर्ण हुनेको संख्या बढ्ने डर

नयाँ निर्देशिका लागू भएसँगै २०८० सालमा एसईईमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ। यो वर्ष नगरस्तरीय परीक्षा कक्षा ८ को नतिजाले पनि यो अनुमान गर्न मद्दत गरेको पाईन्छ। लेटर ग्रेडिङ निर्देशिकामा कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक र आन्तरिक परीक्षामा फरक-फरक मूल्यांकन गर्ने व्यवस्था गरिएको थियो, जसमा सैद्धान्तिकतर्फ पूर्णाङ्कको ३५ प्रतिशत […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीको कार्यशैलीले शिक्षकहरू राम्रोसँग निदाउन सकेका छैनौ’

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा निर्देशिकाले सरुवामा कडाइ र विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गरेको भन्दै शिक्षक संघ संगठनका नेताहरूले शिक्षामन्त्री सुमना श्रेष्ठ विरुद्ध उत्रिएका छन् । उनीहरूले विभागीय विरुद्ध विदेशमा पढेर नेपालको शिक्षा प्रणाली नबुझेको र जंगली जनावरसँग तुलना गर्दै विरोधमा उत्रिएका हुन् । शिक्षक सरुवालाई व्यवस्थित गर्न जारी गरेको […]

पूरा पढ्नुहोस्

गर्मीका कारण तराईका अधिकांश विद्यालयहरू बन्द

जेठ २९, बारा ।  तराईमा अत्यधिक गर्मी बढन थालेपछि विद्यालयहरू बन्द हुन थालेका छन् । स्थानीय सरकारले तराईकाे बारा, पर्सा, राैैैतहट लगायतका सामुदायिक र नीजि  विद्यालयहरू अत्यधिक  गर्मी बढन थाले पछि  धमाधम बन्द गरिएको हाे  । बाराकाे निजगढ नगरपालिका भित्र रहेका विद्यालयहरू पनि गर्मि बढन थालेपछि विदान गरिएको नगरपालिकाले जनाएको छ ।

पूरा पढ्नुहोस्

गर्मीका कारण पठनपाठनमा असर गर्ने देखिएपछि अधिकांश विद्यालयमा गर्मी बिदा

चितवन, २९ जेठ । केही दिनयता अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर गर्ने देखिएपछि जिल्लाका अधिकांश विद्यालयमा गर्मी बिदा दिइएको छ । भरतपुर महानगरपालिकाले सबै विद्यालयमा यही जेठ २९ गतेदेखि ३२ गतेसम्म गर्मी बिदा दिइएको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिए । उनले बिदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँड्डूल गर्न नदिन […]

पूरा पढ्नुहोस्

शिक्षक सरुवा निर्देशिका सामुदायिक विद्यालयको अहितमा भएको भन्दैं महासंघको ध्यानाकर्षण

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबाट गत जेठ १३ गते जारी गरेको शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ को केही बुँदाहरुमा असहमति जनाएको छ । सोमबार महासंघका प्रतिनीधहरुले शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान विरुद्ध असहमति जनाउदैं ठूला दलहरुका प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय सामुदायिक विद्यालयहरुलाई […]

पूरा पढ्नुहोस्

एसईई नतिजा : असार ८ भित्र सम्पूर्ण काम सक्ने लक्ष्य !

भक्तपुर –  कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्नु अघि सक्नुपर्ने आवश्यक सबै कार्य असार ८ गते भित्रै सक्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ‘कुन मिति सम्म कुन काम सक्ने भन्ने यस अघि नै निर्धारण गरेको कार्ययोजना पुरा हुँदै आएको’ले असार […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोग तयारी : शाब्दिक बौद्धिक परीक्षण

काठमाडौँ , २७ जेठ ।  शिक्षक सेवा आयोग तयारीका लागि शाब्दिक बौद्धिक परीक्षण अन्तर्गत शब्द ज्ञान परीक्षण, समरुपता, शाब्दिक वर्गीकरण, विपरीतार्थक, समानार्थी र शाब्दिक पजलहरु, अमिल्दा शब्दहरुसम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ । शाब्दिक बौद्धिक परीक्षण अन्तर्गत शब्द ज्ञान परीक्षण, समरुपता, शाब्दिक वर्गीकरण, विपरीतार्थक, समानार्थी र शाब्दिक पजलहरु, अमिल्दा शब्दहरुसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको […]

पूरा पढ्नुहोस्

विद्यालयले भाडामा दिएका सटर बन्द गराउँदै काठमाडौं महानगर

 जेठ २७, काठमाडौं । विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ । महानगर शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो । आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको दाहालले बताए । आदर्श आधारभूत विद्यालयको सटर यसअघि महानगरले बन्द […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकलाई प्राथमिकतामा राखि छलफल अघि बढाउन संसदीय समितिलाई मन्त्री श्रेष्ठकाे पत्र

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापालाई विद्यालय शिक्षा विधेयक प्राथमिकतामा राखि छलफल अगाडि बढाउन पत्राचार गरेकी छन्। शिक्षामन्त्री श्रेष्ठले समितिमा छलफलको क्रममा रहेका विधेयकमध्ये विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पहिलो प्राथमिकतामा राखी छलफल अगाडि बढाउन अनुरोध गर्दै पत्राचार गरेकी हुन्। श्रेष्ठले नेपालको संविधानले […]

पूरा पढ्नुहोस्