- ५ असार २०८१, बुधबार १९:५८
नयाँ निर्देशिका लागू भएसँगै २०८० सालमा एसईईमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ। यो वर्ष नगरस्तरीय परीक्षा कक्षा ८ को नतिजाले पनि यो अनुमान गर्न मद्दत गरेको पाईन्छ।
लेटर ग्रेडिङ निर्देशिकामा कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक र आन्तरिक परीक्षामा फरक-फरक मूल्यांकन गर्ने व्यवस्था गरिएको थियो, जसमा सैद्धान्तिकतर्फ पूर्णाङ्कको ३५ प्रतिशत र आन्तरिकतर्फ पूर्णांकको ४० प्रतिशत आए उत्तीर्ण मानिने व्यवस्था गरिएको थियो । यसले कक्षा ८ को नतिजा कमजोर देखिएको थियो। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अनुत्तीर्ण हुनेको संख्या बढी हुने जोखिम रहेको स्वीकार गरेका छन्। ‘पहिला सैद्धान्तिकमा १० ल्याएपनि प्रयोगात्मकमा पाउने २५ अंक जोड्दा पास हुन्थे, अब त सैद्धान्तिकमा ३५ प्रतिशत अंक नै ल्याउनुपर्ने नतिजा कमजोर हुन्छ’, उनी भन्छन् ‘तर भोलि पढ्ने संस्कारको विकास होला भन्ने आश हो।’










प्रतिकृया दिनुहोस्