राष्ट्रिय समाचार

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक ( यसरी हेर्नुस् )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  ४ बर्षे बि.ए तर्फको प्रथम बर्ष (२०८१) को २०८१ साल पुस महिनामा सञ्चालित परीक्षा को नतिजा सार्वजनिक गरेकाे छ । नतिजा हेर्न http://result.tuexam.edu.np बाट आफ्नो प्राप्ताङ्क सहितको नतिजा हेर्न सकिने छ।

पूरा पढ्नुहोस्

शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त

भक्तपुर, २२ जेठ।  सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न जनप्रतिनिधिलाई विद्यालय व्यस्थापन समितिका अध्यक्ष नियुक्त र खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त गरेको दुई वर्षमा गरेको छ । नगरपालिकाले आयोजना गरेको दुई दिने सामुदायिक विद्यालयको अध्यक्ष र प्रधानाध्यापकको समिक्षात्मक गोष्ठीमा नगरपालिकाभित्र रहेका २७ सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थी सङ्ख्या वृद्धिमा व्यापक वृद्धि गरेको […]

पूरा पढ्नुहोस्

एनओसी शाखामा विद्यार्थीको नाराबाजी : हाम्रो बाटो नछेक

दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको अध्ययन अनुमति पत्र (एनओसी) स्थगित भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । शुक्रबार सानोठिमीस्थित एनओसी शाखामा पुगेर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । ‘हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो । शिक्षा हाम्रो अधिकार हो,’ विद्यार्थीहरूले नारा लगाउँदै एनओसी खोल्न माग गरेका छन् । गत २८ वैशाखमा शिक्षा, विज्ञान […]

पूरा पढ्नुहोस्

दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसले पायाे ‘क्युएए’ प्रमाणपत्र

काठमाडाैँ – दोलखाकाे चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसको आधारमा क्याम्पसले ‘क्युएए’ प्राप्त गरेको हो। काठमाडौँमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरिएकाे हाे। दस वर्षदेखिको […]

पूरा पढ्नुहोस्

माधव नेपालको सांसद् पद स्वतः निलम्बन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद् पद स्वतः निलम्बन भएको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सांसद् पद स्वतः निलम्बन भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा […]

पूरा पढ्नुहोस्

सरकारी संस्थानमा भारत सरकार विराेधी गाेष्ठी

काठमाडौं, जेठ २१ । नेकपा बहुमत कम्युनिस्ट पार्टिले मंगलवार जेठ २० गते नेपाल सरकारकाे सार्वजनिक संस्थान प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा भारत सरकारले आतंककारी भनेर घाेषणा गरेकाे माओवादीकाे समर्थनमा छिमेकीलाई चिड्याउने गरी विवादस्पद कार्यक्रम गरेको छ । उक्त पार्टि र नेताहरूले भारतले आतंकवादी संगठन घोषणा गरी प्रतिबन्ध लगाएको भारतीय माओवादी पार्टी (CPI-Maoist) का महासचिव वसन्तराज उर्फ बसवराजलगायतका […]

पूरा पढ्नुहोस्

वैदिक पाँच दर्शन !!

काठमाडौं ।  वैदिक दर्शन (Vedic philosophy) ले मानव जीवनको आधारभूत प्रश्नहरू—जीवनको उद्देश्य, सृष्टिको रहस्य र मोक्ष (liberation)—को जवाफ खोज्छ। यो परम्परा (tradition) अनुसार सृष्टिको आधार तीन नित्य तत्त्व (eternal entities) छन्: ईश्वर (God), जीव (soul) र प्रकृति (nature)। श्वेताश्वतर उपनिषद् (Shvetashvatara Upanishad) मा यिनलाई “त्रिविध ब्रह्म” (Trividha Brahma) भनिएको छ, जहाँ ईश्वर सृष्टिकर्ता (creator), जीव […]

पूरा पढ्नुहोस्

बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग

विश्व बैंकले विद्युत् वितरण प्रणाली सुधार र सिँचाइ सेवा विस्तारका लागि २५७ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका दुई परियोजनालाई स्वीकृति दिएको हो । यस सहयोगमार्फत नेपालको विद्युत् वितरण प्रणाली सुधार गर्ने र सिँचाइ सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रम […]

पूरा पढ्नुहोस्

नेसनल प्याब्सन काठमाडौको जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) द्वारा आयोजित काठमाडौँ जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा ‘पाँचौं जिल्लाव्यापी अन्तर – विद्यालय हाजिरिजवाफ प्रतियोगिता’ सप्पन्न भएको हो। सो प्रतियोगितामा कान्तिपुर इङ्लिस एकेडेमीले पहिलो स्थान हासिल गर्‍यो। भने ग्लोबल पब्लिक स्कुलले द्वितीय स्थान, काठमाडौ […]

पूरा पढ्नुहोस्

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । काठमाडौंको नारायणचौरमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले थापालाई पक्राउ गरेको हो । भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो । जुलुस लिएर बालुवाटार जाने क्रममा उनी पक्राउ परेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पूरा पढ्नुहोस्