राष्ट्रिय समाचार
नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्छ : नेता काेइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताएका छन्। कोइरालाले नेपाली कांग्रेसले सधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा बिश्वास गर्ने समेत प्रष्ट पारे । संविधानसभाबाट संविधान बन्ने समयमा आफुले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए । तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरुको […]
पूरा पढ्नुहोस्मनसुनको पहिलो दिनै धनकुटामा बाढीको कहर, कोशी लोकमार्गको ३० मिटर सडक बगायो
सुनसरी । यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रातिको भीषण वर्षापछि धनकुटाको लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब ३० मिटर सडक कटान गरेको छ। धनकुटाको साँघुरीगढी गाउँपालिका–६ फेदीमा कालोपत्रे सडक कटान गरी खोलाले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। धनकुटा प्रहरीले दिएको जानकारीअनुसार, एसपी शरदकुमार थापा […]
पूरा पढ्नुहोस्
परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित
काठमाडौं । नेपाल सरकारको राष्ट्रिय युवा परिषद अन्तर्गतको परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित भएका छन् । अबको दुई वर्ष कार्कीको कार्यकाल रहनेछ । शुक्रबार सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा आयोजित एक कार्यक्रममा युवा सञ्जालको नयाँ कार्यसमिति छनौट भएको हो । नयाँ कार्य समितिमाअध्यक्ष कार्की, उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा मल्ल, […]
पूरा पढ्नुहोस्
प्रजातन्त्र सेनानी तुलसी नारायण श्रेष्ठको जीवनगाथा लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाली प्रजातन्त्र सेनानी तुलसी नारायण संघ, बागमती प्रदेशको आयोजनामा प्रजातन्त्र सेनानी तुलसी नारायण (खमु) श्रेष्ठको “जीवनगाथा” लोकार्पण तथा सेनानीहरूलाई सम्मान गर्ने कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले श्रेष्ठलाई सम्मान गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे। कार्यक्रममा एक सय जना […]
पूरा पढ्नुहोस्
एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम
काठमाडौँ । एन प्याब्सन काठमाडौँ जिल्ला समितिले शिक्षकहरूलाई तालिम दिएको छ । काठमाडौँका ४० विद्यालयका ३२७ जना शिक्षिकाहरूलाई तालिम दिएको हो। पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो। नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणाको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ […]
पूरा पढ्नुहोस्
सरकारले अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुको अभाव हुन नदिन ‘शिक्षक बैँक’ को स्थापना गर्ने
काठमाडाैँ – नेपाल सरकारले अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुको अभाव हुन नदिन विश्वविद्यालयको सहकार्यमा ‘शिक्षक बैँक’ को स्थापना गर्ने घाेषणा गरेकाे छ। सरकारकाे आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट विनियाेजनमा अर्थमन्त्री पौडेलले यसबारे घाेषणा गरेका हुन्। यस बाहेक पनि सरकाले स्रातक तह उतिर्ण विद्यार्थीलाई स्वयमसेवक शिक्षको भुमिकामा परिचालन गर्ने घाेषणा गरेकाे छ।सरकारले यस वर्ष गुणस्तरीय शिक्षामा विशेष जाेड दिदैँ बजेटसँगै नयाँ कार्यक्रमहरु पनि थप गरेकाे छ।
पूरा पढ्नुहोस्
यस्ताे छ बजेटकाे पूर्णपाठ, कुन शीर्षकमा कति छुट्याइयाे हेर्नुस्
काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड […]
पूरा पढ्नुहोस्
सुर्खेतमा दुई छात्रा र पाेखरका विद्यार्थीलाई छात्रवृत्ति वितरण
सुर्खेत, वीरेन्द्रनगर । सेवा र विकासका लागि युवा, ओरेगन नेपाली समाज अमेरिका तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त पहलमा सुर्खेतको वीरेन्द्रनगरस्थित श्री जन नमुना माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। कक्षा ९ मा अध्ययनरत रेस्मिका रावत र चन्द्रा जैसीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । त्यस्तै कास्की जिल्ला पोखरा लामाचौरमा रहेको श्री इन्द्रराज्य लक्ष्मी […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक दाेश्राे वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक दाेश्राे वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले झण्डै १२० दिन पछि BBs दाेश्राे वर्षकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि http://www.tuexam.edu.np गएर हेर्न सकिन्छ ।
पूरा पढ्नुहोस्
शिक्षक, निजामति कर्मचारी र सुरक्षाकर्मीको तलब १० प्रतिशतले बढाउने सरकारको तयारी
काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत शिक्षक र निजामति कर्मचारीको तलब वृद्धि गर्ने संभावना देखिएको छ। अर्थ मन्त्रालयले शिक्षक र निजामति कर्मचारीको तलब वृद्धि हुने संकेत दिएको छ। आधारभूत तलब १० प्रतिशत बढाउने र महंगी भत्तालाई निरन्तरता दिने गरी मन्त्रालयले ड्राफ्ट तयार गरेको हो। नेकपा एमालेको सरकार हुदाँ विगतमा पनि तलब वृद्धि भएको […]
पूरा पढ्नुहोस्







