राष्ट्रिय समाचार

राजर्षिजनक विश्वविद्यालयमा निर्देशक पदका लागि आवेदन माग

 काठमाडौँ ।,२२ भदौ । राजर्षिजनक विश्वविद्यालयले निर्देशक पदका लागि आवेदन माग गरेको छ । राजर्षिजनक विश्वविद्यालय संगठन संरचना तथा व्यवस्थापन नियमावली २०७५ को परिच्छेद –१९ को नियम १२८ एवं राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान शैक्षिक कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि – २०८२ को परिच्छेद २ को दफा ७ (ग) बमोजिम राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् । […]

पूरा पढ्नुहोस्

‘नेपो बेबी’ अभियान : जेन–जी सडकमा आउँदै

काठमाडौं । सामाजिक सञ्जालमा सुरु भएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी स्वर अब सडकसम्म पुग्ने भएको छ । राजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानले पाएको विशेषाधिकार र पहुँचविहीन जनतामाथि परेको बोझविरुद्ध उहाँहरूले अभियान चलाउनु भएकाे हाे । ‘नेपो बेबी नेपाल’ नामक टिकटक अभियानमार्फत उहाँहरूले ‘नेपो बेबी’ को हैसियतमा विलासी जीवन बिताइरहेका ठूला घरानाका सन्तानविरुद्ध एकपछि अर्को भिडियो सार्वजनिक […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जाल बन्द गरेर मात्र समाधान हुँदैन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्र समस्या समाधान नहुने बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाललाई दुरुपयोग रोक्ने उपाय खोज्नुपर्ने तर पूर्ण बन्द समाधान नहुने बताए ।उनले सामाजिक सञ्जाललाई नेपाली जनताको दुःखसुखको साथीको रूपमा व्याख्या गर्दै […]

पूरा पढ्नुहोस्

दलाली र शक्तिको खेल : प्रहरी नेतृत्व चयनमा फेरि शंका

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चयनलाई लिएर फेरि एकपटक दलाली र शक्तिको खेलको आरोप उठेको छ। पत्रकारिताको आवरणमा दलाली धन्दा गर्दै आएका भनिएका सुधाकर राजेश र एआइजी राजन अधिकारीबीचको सहकार्यले प्रहरी संगठन मात्र होइन, सम्पूर्ण सञ्चारजगतलाई नै लज्जित बनाएको आलोचकहरूको आरोप छ। विगतमा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक धिरजप्रताप सिंह, बसन्त कुँवर र दिपक थापासम्मलाई समेत सरुवा–बढुवामा […]

पूरा पढ्नुहोस्

बीमा प्राधिकरण अध्यक्ष पदका लागि १४ जनाको आवेदन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले मिति २०८२|५|१३ मा दरखास्त आह्वान गरेपछि सात दिनभित्र आवेदन दिनेहरूको सूची सार्वजनिक गरिएको हो। आवेदन दिनेमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा.दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार […]

पूरा पढ्नुहोस्

आलोचना दवाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो: प्रचण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफूविरुद्धका आलोचना दवाउन सामाजिक सञ्जाल बन्द गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया लेख्दै प्रचण्डले भनेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै […]

पूरा पढ्नुहोस्

आन्दोलनरत निजी विद्यालयको चेतावनी : असहयोग गर्ने विद्यालय र संगठनको हिसाब किताब हुन्छ

काठमाडौँ , । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिनुपर्ने र क्रमशः गैरनाफामूलक बनाउँदै लगिने व्यवस्था गरिएको प्रति प्याब्सन, हिसान, नेशनल प्याब्सन, ओपेन र एनएमएले असन्तुष्ट जनाउँदै आन्दोलनमा रहेको छ । संयुक्त आन्दोलन समितिले सडकदेखि सदनसम्म दबाब दिने उदेश्यले विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । निजी विद्यालयको अस्तित्वको लडाई रहेकोले अनिश्चित […]

पूरा पढ्नुहोस्

कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ ।  यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पाेपोलाइभ गरी पाँच वटा प्ल्याटफर्म सूचीकरण भइसकेका छन् । यी प्ल्याटफर्म बन्द हुने […]

पूरा पढ्नुहोस्

फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने सरकारको निर्णय

काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो। २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। त्यसलाई […]

पूरा पढ्नुहोस्