- २२ भाद्र २०८२, आईतवार १२:५७
काठमाडौं । सामाजिक सञ्जालमा सुरु भएको जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी स्वर अब सडकसम्म पुग्ने भएको छ । राजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानले पाएको विशेषाधिकार र पहुँचविहीन जनतामाथि परेको बोझविरुद्ध उहाँहरूले अभियान चलाउनु भएकाे हाे ।
‘नेपो बेबी नेपाल’ नामक टिकटक अभियानमार्फत उहाँहरूले ‘नेपो बेबी’ को हैसियतमा विलासी जीवन बिताइरहेका ठूला घरानाका सन्तानविरुद्ध एकपछि अर्को भिडियो सार्वजनिक गर्दै आउनुभएकाे छ । उहाँहरूको भनाइमा पारिवारिक पहुँच र विशेषाधिकारकै कारण साधारण नागरिक निराशा र असमानताको मारमा परिरहेका छन् ।
सामाजिक सञ्जालमै सीमित नराख्ने उनीहरूको लक्ष्यसहित अब यो अभियान सडकमा देखिने भएको छ । त्यसकै क्रममा उनीहरूले भाेलि (२३ भदौ) नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्