राष्ट्रिय समाचार

नेपालमा भएको हिंसा हृदयविदारक : भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक भएको बताएका छन् ।  मंगलबार राति सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री मोदीले धेरै नेपाली युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा आफ्नो मन अत्यन्तै विचलित भएको बताएका छन् । उनले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै सबै नेपालीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल […]

पूरा पढ्नुहोस्

संवादमार्फत शान्तिपूर्ण समाधान निकाल्न सेनासहित सुरक्षा निकायको अपिल

नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन् । अहिले तीनवटै निकाय जेन–जीले कब्जामा लिएका छन् । उनीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन् […]

पूरा पढ्नुहोस्

प्रदर्शनकारीले गरे पुरातत्व विभागको संरक्षण, भने- यो हाम्रो इतिहास हो

काठमाडौं । प्रदर्शनकारीहरूले रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने संरक्षण गरेका छन् । ‘यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौं’ भन्ने प्लेकार्ड बोकेर पुरातत्व विभाग परिसरमा उभिएर उनीहरूले संरक्षणका लागि आह्वान गरेका छन् ।

पूरा पढ्नुहोस्

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र […]

पूरा पढ्नुहोस्

जेनजी नेतृत्वको आदेश-सार्वजनिक सम्पती नहान

जेनजी नेतृत्वले आन्दोलनरत युवाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेकाले सार्वजनिक सम्पति तोडफोड नगर्न आग्रह गरेको छ । सार्वजनिक सम्पति ताेडफाेड नगर्न  र नेतालाई नछोड्न उनीहरुले माइकिङ गर्दै आग्रह गरेका हुन् । तर पनि प्रदर्शनकारीले तोडफोड गर्न छोडेका छैनन् ।

पूरा पढ्नुहोस्

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

काठमाडौं  । प्रदर्शनकारीहरूले आज (मंगलबार) बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । आक्रोशित भीडले संसद् भवनमा प्रवेश गरी आगो लगाएको हो । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाएका थिए । लगातार भइरहेका आन्दोलन र आक्रोशका कारण राजधानीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । प्रदर्शनकारीहरूले विभिन्न सरकारी निर्णय र नेताहरूको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानीका […]

पूरा पढ्नुहोस्

संसद भवनभित्र छिरे प्रदर्शनकारी

काठमाडौं । प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन प्रवेश गरेका छन् । बिहानैदेखि सो क्षेत्रमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । साथै उनीहरुले त्यहाँ तोडफोड समेत गरेका छन् ।

पूरा पढ्नुहोस्

सरकारले प्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले गर्‍यो निन्दा

काठमाडौं ।  नेपालमा सरकारले युवाप्रदर्शनकारीको हत्या गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले तीव्र निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकारी उच्च आयुक्तको कार्यालय, युनिसेफ, एमनेस्टीइन्टरनेसनल, संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयलगायतले वक्तव्य जारी गर्दैसुरक्षाफौजले गैरकानूनी रुपमा बल प्रयोग गरी शान्तिपूर्ण आन्दोलनगरिहेका युवा र बालबालिकाको हत्या गरेको उल्लेख गरेका छन्। जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले शान्तिपूर्ण प्रदर्शन गरिरहेका […]

पूरा पढ्नुहोस्

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले […]

पूरा पढ्नुहोस्

जेन-जी आन्दोलनको पूर्वसन्ध्यामा ‘नेपथ्य’ले सेयर गर्‍यो- ‘गाउँ गाउँबाट उठ’

काठमाडौं । लोकप्रिय ब्याण्ड ‘नेपथ्य’ले आफ्नो बहुचर्चित गीत ‘गाउँ गाउँबाट उठ’लाई सामाजिक सञ्जालबाट सेयर गरेको छ । यो गीत सेयर गर्नुको ‘समय र सन्दर्भ’ अर्थपूर्ण छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन-जी पुस्ताले देशब्यापी आन्दोलनको पूर्वसन्ध्यामा यो बहुचर्चित र रुचाइएको गीत पुनःसेयर गरेको हो । कन्सर्टमा गायक अमृत गुरुङले गाएको उक्त गीतले अन्याय, […]

पूरा पढ्नुहोस्