राष्ट्रिय समाचार

रुपन्देहीमा सद्भाव र्‍याली,सबैको समन्वयमा तोडफोड र चोरीमा संलग्नको खोजी गरिने

रुपन्देहीमा चार दिनयताको जनजीवन सामान्य बनाउन सद्भाव र्‍याली निकालिएको छ । शुक्रवार बिहानैदेखि रुपन्देहीको जनजीवन सामान्य बन्दैछ । बिहान भैरहवामा उद्योग वाणिज्य महासंघ लुम्बिनी, सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवा मर्निङ वार्क ग्रुप, चेम्बर अफ कमर्स, सिद्धार्थ होटल एशोसियनसन, सिद्धार्थ यातायात, लुम्बिनी प्रेस क्लब, सिद्धार्थ सञ्जाल, सिद्धार्थ जेसिज, सिद्धार्थ लेडि जेसिरीजलगायतको सहभागितामा सद्भाव र्‍याली सम्पन्न भएको छ […]

पूरा पढ्नुहोस्

सिंहदरबारभित्र क्षतिको अनुगमनमा मुख्यसचिव र सचिवहरू

काठमाडौं । सिंहदरबारमा आगजनी भएपश्चात् ठप्प भएका मन्त्रालयहरू पुन सुचारु गराउन मुख्य सचिव एकनारायण अर्यालले पहल सुरु गरेका छन् । अहिले मुख्यसचिव अर्यालसहित सचिवहरूले सिंहदरबारभित्र भएको क्षतिको अवलोकन र अनुगमन गरिरहेको उच्च स्रोतले बतायो । जेनजी आन्दोलनकारीले सिंहदरबारभित्र पसेर वितण्डा मच्चाएका थिए भने यत्रतत्र आगजनी गरेका थिए । आगजनीले भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन […]

पूरा पढ्नुहोस्

पहिलो महिला प्रधानमन्त्री सुशील कार्की , आजै सपद ग्रहण गर्ने तयारी

काठमाडौं । जेनजी आन्दोलन पछिको अन्तरिम सरकार प्रमुख सुशीला कार्की हुने भएकी छन् । कार्की सरकार प्रमुख भएमा उनी नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने छ । नयाँ सरकार गठनको मुद्दा संसद् विघटन गरेर बनाउने कि संसद् राखेर भन्नेमा अड्किएको छ । कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न […]

पूरा पढ्नुहोस्

अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा

काठमाडौं । नेपाली सेनाले काठमाडौंको सुरक्षा बढाएको छ । अप्रिय सूचना आएपछि सेनाले आफ्नो सुरक्षा व्यवस्था कडा पारेको हो । बिहीबार जेन–जी समूह र उनीहरूले पठाउने प्रतिनिधि र केही सरोकारवालासँग आन्तरिक सरकार गठन लगायतका विषयमा छलफल हुँदै गर्दा अर्को समूह पनि माइतीघर जाने सूचना सेनाले पाएको हो । जेन-जी समूहभित्रै अन्य समूह र संविधान बचाउ अभियान […]

पूरा पढ्नुहोस्

त्रिविकाे सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र सुचारू हुने भएको छ । देशकाे वर्तमान विषम परिस्थितिकाे मध्यनजर गर्दै सम्पूर्ण पठनपाठनकाे कार्यहरू आगामी कार्तिक ११ गते देखि मात्र सञ्चालन गर्ने निर्णय गरिएको सुचना जारी गरिएको छ ।

पूरा पढ्नुहोस्

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

काठमाडौं । अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी […]

पूरा पढ्नुहोस्

निषेधाज्ञा तथा कर्फ्यू खुकुलो, अत्यावश्यक सेवा सञ्चालन गर्न सकिने

काठमाडौं : नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा तथा कर्फ्यू जारी राखेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले सूचना जारी गर्दै नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको जनाएको हो। अत्यावश्यक कामका लागि आज बिहान ६ देखि १० बजेसम्म […]

पूरा पढ्नुहोस्

प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं

काठमाडौं । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’ सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ […]

पूरा पढ्नुहोस्

सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल

सर्वोच्च अदालत अझै जलिरहेको छ। काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए। अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ।  सर्वोच्च अदालतमा बिहान पुग्दा त्यहाँ कर्मचारीहरू शोकमग्न भएर वरिपरि उभिरहेका थिए। अब दमकल ल्याएर आगो निभाउन पनि त्यसको उपादेयता नै  नरहेको भनिरहेका थिए।  सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० […]

पूरा पढ्नुहोस्

आज जेनजीसँग वार्ता हुँदै, सेनाले माग्यो प्रतिनिधिको नाम

वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। बिहान ८ बजेभित्र नाम दिन सेनाले जेनजी समूहसँग आग्रह गरेको हो। सेनाको यो सन्देश प्राप्त गरेपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ। उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन्। हामी नेपाल समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका […]

पूरा पढ्नुहोस्