राष्ट्रिय समाचार

अर्थमन्त्रीमा रामेश्वर खनाल चयन

काठमाडौँ – पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्। जेन–जी आन्दोलनका कारण कांग्रेस–एमालेको दुई तिहाइ बहुमतको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा खनाल अथमन्त्री बन्ने भएका हुन्। मन्त्री छनोट गर्ने क्रममा प्रधानमन्त्री कार्की खनाललाई जिम्मेवारी दिने निष्कर्षमा पुगेकी छन्। चुनावी अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय बताउनुपर्ने बाध्यता छ। त्यस्तो अवस्थामा पूर्वसचिव खनाल नै […]

पूरा पढ्नुहोस्

६१ खर्बको अर्थतन्त्रमा आधा जति नोक्सान : वरिष्ठ अर्थविद् अधिकारी

वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले हालको अस्थिर परिस्थितिले नेपालको करिब ६१ खर्ब रुपैयाँको अर्थतन्त्रमा आधा जति नोक्सान भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशलाई अहिले डुब्न लागेको डुङ्गासँग तुलना गर्दै सबैले मिलेर बचाउनुपर्ने आवश्यकता औँल्याए। अधिकारीले भने, “राष्ट्र अहिले अप्ठ्यारोमा छ। यसलाई डुब्न लागेको डुङ्गालाई जसरी जोगाउनुपर्छ।” उनले जेनजी पुस्ताको […]

पूरा पढ्नुहोस्

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा *२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा *२ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ ।

पूरा पढ्नुहोस्

डिस्कर्ड : जहाँबाट फैलियो जेनजी आन्दोलन

दुई दिने जेनजी आन्दोलनका क्रममा धेरै पटक सुनिएको नाम हो, डिस्कर्ड । अहिले ‘प्रधानमन्त्री डिस्कर्डबाट छान्ने, संविधान च्याटजीपीटीबाट लेख्ने’ भन्दै मिमहरू पनि सामाजिक सञ्जालमा व्याप्त छन् । भदौ २५ गते जेनजीहरूले नयाँ सरकारका लागि कसरी अघि बढ्ने ? सेनासँग वार्ता गर्न को-को प्रतिनिधि जाने जस्ता विषयबारे युथ अगेन्स्ट करप्सन’मा छलफल गरे । यसलाई नेपालका केही […]

पूरा पढ्नुहोस्

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिए सपथ

काठमाडौं : प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्। जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। संसद विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न तयार भएकी थिइन्। केहीबेरमा शीतल निवासमै […]

पूरा पढ्नुहोस्

रवि लामिछाने जेल फर्किने

काठमाडौँ ।  नख्खु जेल प्रशासनले फर्किन आह्वान गरेपछि रास्वपाका सभापति रवि लामिछाने फर्किने भएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अरु कैदीबन्दीसँगै उनी पनि बाहिर निस्कको थिए। प्रशासनले तुुरुन्तै फर्किन भनेपछि लामिछानेले शुक्रबार प्रमुख जिल्ला अधिकार र कारागार प्रमुखसँग छलफल गरेका छन्। ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने […]

पूरा पढ्नुहोस्

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् । राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा  राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए । उनले भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्‍यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’

पूरा पढ्नुहोस्

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो ।

पूरा पढ्नुहोस्

कारागारबाट निस्किएका सबैलाई सम्पर्कमा आउन नक्खु कारागारको सार्वजनिक अपिल

काठमाडौं । जेन जी आन्दोलनकाे क्रममा नखु जेलबाट फरार भएका कैदिहरूलाई सम्पर्कमा आउन जेल प्रशासनले आवहान गरेकाे छ । विधि, कानुन र सामाजिक उत्तरदायित्वकाे सम्मान गर्दै  तुरुन्तै कारागारमा सम्पर्कमा आउन सचेतना गरिएको छ । अन्यथा थप कारावास सजाय हुने समेत चेतावनी दिइएको छ ।

पूरा पढ्नुहोस्

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिँदै

काठमाडौं । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुर भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ । उच्च स्रोतले नेपाल प्रेसलाई […]

पूरा पढ्नुहोस्