- २९ भाद्र २०८२, आईतवार १८:१९
काठमाडौँ – पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्।
जेन–जी आन्दोलनका कारण कांग्रेस–एमालेको दुई तिहाइ बहुमतको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा खनाल अथमन्त्री बन्ने भएका हुन्।
मन्त्री छनोट गर्ने क्रममा प्रधानमन्त्री कार्की खनाललाई जिम्मेवारी दिने निष्कर्षमा पुगेकी छन्।
चुनावी अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय बताउनुपर्ने बाध्यता छ। त्यस्तो अवस्थामा पूर्वसचिव खनाल नै अर्थ मन्त्रालयका लागि उपयुक्त पात्र हुने ठहर गर्दै जेन–जी समूहले उनलाई अनौपचारिक प्रस्ताव गरेको थियो।
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग कुरा नमिलेपछि उनले अर्थसचिवबाट राजीनामा दिएका थिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्